back
CTIZAN AD

एजेन्डाको बिज्ञापनदाता होइन – साधन, स्रोत र कार्यकुशलताको प्रयोग गर्नेछु – सुर्य (साल) लम्साल

वि.सं.२०७३ फागुन २८ शनिवार

972 

shares

surya-lal-lamsal-usaयतिबेला एनआरएनए (एनआरएनए) अमेरिका अमेरिका अधिवेशनको संघारमा छन् । आगामी २०१७/२०१९ को लागि हुने एनआरएनए अमेरिकाको निर्वाचन  नजिकिए सँगै आ–आफ्नो संघको विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढी रहेको छ ।
यसैसन्दर्भमा सुर्य ९साल० लम्साल ले पनि महासचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । एजेन्डाको बिज्ञापनदाता होइन – साधन, श्रोत र कार्यकुशलता भएको र संगसंगै आफ्नो महत्वपूर्ण समय यथार्थमै संस्थालाई दिन सक्ने पदाधिकारीहरुलाई योजनाबद्ध रुपले कार्यसम्पन्न गर्न, सहयोग तथा प्रोत्साहन गर्ने गहन जिम्मेवारी बोक्दै एनआरएनए अमेरिकाको महासचिव पदमा उम्मेद्वारी दिने निर्णय गरेको बताउँछन् ।

 

उनले आफ्नो उम्मेवारीका लागि यस्तो प्रतिबद्धता व्यक्त गरेका छन् :

आदरणीय अमेरिकावासी एनआरएनए मान्यजन तथा मित्रहरुमा नमस्कार,

यँहाहरुको छनौट बाट एनआरएनए अमेरिकाको हालको बोर्डमा रही करिव दुइ बर्षको गहिरो सामाजिक अनुभवले धेरै गहन कुराहरु सिकाएको र अझ गह्रौं जिम्मेवारी थपेको छ । संस्थागत हुँदै गरेको एनआरएनएमा विश्वब्यापी रुपमै र यँहा अमेरिकामा पनि सबैको चासो धेरै बढेको छ । नेपाल र नेपालीलाई माया र सहयोग गर्ने क्षमता भएको यो भन्दा अर्को कुन ग्लोबल संस्था हुन सक्ला र रु यस संस्थालाई अझ बृहत बनाई सबैको सदुपयोगी बनाउनुको अब कुनै बिकल्प छैन ।
एनआरएनए अमेरिकाले धेरै राम्रा कामहरु गरेका तथ्य संगै “हामीले सोचेको जस्तो काम अझ भएन” भन्ने सम्म मेरा आफन्तहरुको गुनासो छ । हाम्रा दुई बर्षे कार्ययोजनाले सबै एनआरएनए अमेरिकाका सदस्यहरुको चाहना समेटेकै हो र काम शुरु भएको हो तर पनि सोचेका जस्तो महत्वपूर्ण योजना पनि अधुरा रहे । बोर्ड भित्रका एजेन्डाहरुमा व्यक्तिगत समय र श्रोत खर्चेर जुझारु रुपमा म पनि सहभागी रहें तै पनि फल फलाएर “आँखाले देख्ने गरि” सबैको हातमा किन राख्न सकिएन – मलाई स्पष्ट थाह छ।

इतिहासमा घटेका दुखद घटना वा कमजोरीबाट हरेश खानुको सट्टा त्यसैलाई शिक्षाका रुपमा प्रयोग गर्ने बैज्ञानिक अबधारणालाई अंगाल्दै यँहाहरुकै सल्लाह र सुझाव बमोजिम अब म आगामी एनआरएनए अमेरिका बोर्डको निर्णायक पदमा रहि अधुरा तथा नयाँ कामहरु पुरा गर्ने निर्णय लिएको छु। गत दुई बर्षको बोर्ड भित्रको सानो पदले मलाई ठुलोकुरा के सिकायो भने हामीमा योजनाको कमि छैनन र सहयोगी हात पनि धेरै छन – तर योजना कार्यन्वयन गरि सफल बनाउन बोर्डमा होमिएका मित्रहरुको ज्ञान र अनुभव संगै लगनशिलता र व्यक्तिगत समयको प्रचुर लगानी हुनैपर्छ । यो टिमवर्क हो र सामाजिक योजनामा हरेक स्टेकहोल्डर को ध्यान व्यक्तिगत इर्ष्या, सामाजिक प्रतिष्ठा र बिज्ञापनको होडबाजी भन्दा सांगठानिक प्रतिबद्धता र “काम गरेर देखाउने” होडबाजीमा खर्चिनै पर्छ र यसमा प्रशासनिक अनुशासनले बाध्नैपर्छ ।
यसर्थ, अब एजेन्डाको बिज्ञापनदाता होइन – साधन, श्रोत र कार्यकुशलता भएको र संगसंगै आफ्नो महत्वपूर्ण समय यथार्थमै संस्थालाई दिन सक्ने पदाधिकारीहरुलाई योजनाबद्ध रुपले कार्यसम्पन्न गर्न सहयोग तथा प्रोत्साहन गर्ने गहन जिम्मेवारी बोक्दै संस्थाको इज्जत र कार्यसमितिको मुटु रहेको अति नै गहकिलो वजन बोक्ने एनआरएनए अमेरिकाको “महासचिव” जस्तो गरिमामय पदमा आफ्ना सात वटा “सत्य लक्ष्य” बोकी उम्मेद्वारी दिने निर्णय गरेको कुरा सहर्ष जानकारी गराउंछु ।
हाम्रा अत्यावश्यक योजनाहरुलाई सफलताको बिन्दुमा पुर्याउन यँहाको सहयोगको संधै अपेक्षा गरिरहने छु ।

surya-lal-amatyaधन्यवाद का साथ,
सुर्य (साल) लम्साल, न्युयोर्क
हाल बोर्ड अफ डाईरेक्टर, एनआरएनए अमेरिका
तथा
आगामी एनआरएनए अमेरिकाका लागि “महासचिव”का उम्मेदवार

वि.सं.२०७३ फागुन २८ शनिवार ०६:४७ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...