back
CTIZAN AD

नेपालमा बालश्रम प्रयोग घट्दो क्रममा

वि.सं.२०७८ माघ ११ मंगलवार

633 

shares

गण्डकी । गलैंचा र गार्मेन्ट उद्योगमा हालै गरिएको एक अनुसन्धानले बालश्रमको अवस्था घट्दो क्रममा देखिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यक्रम र केन्द्रिय तथ्याङ्क विभागको प्राविधिक सहयोगमा नेपाल कमर्स क्याम्पसका उपप्राध्यापक तथा अनुसन्धानकर्ता डिलाराम भण्डारीले गरेका अनुसन्धानले १८ वर्ष मुनीका बालबालिकाको प्रयोग गलैंचा उद्योगमा ६.६६ प्रतिशत र गार्मेन्ट उद्योगमा १.६३ प्रतिशतले घटाएको देखाएको हो ।

सन् १९९३ मा ५० प्रतिशत बालश्रम प्रयोग रहेको गलैंचा उद्योगमा २०२१ सम्म आइपुग्दा १८ वर्ष मुनीका बालश्रमिकको सङ्ख्या घटेर ६.६६ प्रतिशत पुगेको अनुसन्धानदाता भण्डारीले जानकारी दिए । भण्डारीले २० जिल्लाका २९० गलैंचा र १८३ गार्मेन्ट उद्योगमा यो अनुसन्धान गरिएको जानकारी दिए । सामाजिक सचेतना, शिक्षाको व्यापकता आदिका कारण वर्षेनी बालश्रम घट्दो अवस्थामा पुगेको उनकोे ठम्याइ छ ।
उद्योगको उत्पादन क्षेत्रमा काम गर्ने आठ हजार ४८३ श्रमिकको लिङ्ग, उमेर, क्षेत्र, आम्दानी, शिक्षा, सामाजिक सुरक्षा आदि विषयमा अनुसन्धान गरिएको भण्डारीले जानकारी दिए ।

ती उद्योगमा ४.७५ प्रतिशत भारतीय, ०.०२ प्रतिशत अन्य र बाँकी नेपाली श्रमिक कार्यरत रहेको पाइएको छ । नेपाली श्रमिक मध्येमा तामाङ, मगर, गुरुङ र शेर्पा समुदायका श्रमिकको बाहुल्यता रहेको अनुसन्धानले देखाएको छ ।

अनुसन्धानबाट श्रमिकमध्येमा २० वर्षदेखि ४९ वर्षकाको सङ्ख्या ८० प्रतिशत र औसत कार्य ५२ घन्टा प्रतिहप्ता पाइएको बताउँदै उनले यो नेपालको श्रम कानुन भन्दा केही बढी देखिएको जानकारी दिए । नेपालको कानुनले प्रतिहप्ता औसत कार्य ४८ घण्टा तोकेको छ । गलैंचा उद्योगमा काम गर्ने पुरुषको मासिक आम्दानी रु. १५ हजार ९२३ र गार्मेन्ट उद्योगमा काम गर्नेको रु.१७ हजार ६३२ रहेको उनले जानकारी दिए ।

वि.सं.२०७८ माघ ११ मंगलवार १२:३८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...