back
CTIZAN AD

सुदूरपश्चिममा ‘चेली त्यार’ सुरु, यसरी मनाइन्छ चेली त्यार

वि.सं.२०७८ माघ ११ मंगलवार

792 

shares

डोटी । पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र रुपमा बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा भने चेली त्यार पर्वसुरु भएको छ । माघी पर्वको रौनक सकिएसँगै डोटीसहित यहाँका विभिन्न जिल्लामा चेली त्यार सुरु भएको हो । विवाह गरेर पराइँ घर गएका छोरीचेलीलाई त्यार दिन यहाँका महिलालाई अहिले भ्याइनभ्याइ भएको छ । विवाह गरेर पराइँ अर्थात माइती घरमा गएकी छोरीचेलीलाई विभिन्न किसिमका परिकार पकाएर दिने चलनलाई स्थानीय भाषामा ‘चेली त्यार’ अर्थात् त्यारमाडो दिने भन्ने गर्दछन् ।

विवाह गरेर अर्काको घर गएकी छोरीलाई माघ महिनामा माइतीघरमा बोलाएर होस् वा उनकै घरमा गएर उक्त ‘चेली त्यार’ दिने चलन रहेको छ । आफ्ना माइती नभएका अर्थात आमा, बुबा, दाइ, भाउजु नभएका छोरीचेली भने यो महिनालाई दुःखको महिना सम्झेर रुने गर्ने गरेको दिपायलसिलगढी नगरपालिका–४ गैराकी स्थानीयवासी बाटुली विकले बताइन् ।

उनले भनिन्, “महिनाभरि माइतीले छोरीलाई रोटी (त्यारमाडो) दिने गर्दछन्, माइतमा कोही नभएका दिदीबहिनीलाई त यो महिनाभरि रोएरै बस्नुपर्ने हुन्छ, माइती सम्झिँदा रुन मात्रै मन लाग्छ ।” माइती पक्षका कोही नभएका छोरीचेली प्रायः यो महिनाभरि जङ्गलमा घाँस काट्न जाँदा होस् वा अन्य एकान्त ठाउँमा गएर विरहका गीत गाएरै बिताउने गरेको यहाँका स्थानीय महिला बताउँछन् । माघ महिनाभरी यहाँका छोरीचेली कहिले माइती आउलान् र त्यारमाडो अर्थात् ‘चेली त्यार’ ल्याउलान् भन्ने पर्खाइमा बस्ने गरेको जोरायल गाउँपालिका–३ कीयसोदा मल्लले जानकारी दिइन् ।

उनले भनिन, “बिहान आँगनमा काग करायो भने माइतीबाट कोही आउँछन् की भन्ने आशले मन खुसी भएको हुन्छ, बेलुकीसम्म कोही आउँदैन, अनि मन खिन्न हुन्छ ।”सुदूरपश्चिमका दुई जिल्ला कैलाली तथा कञ्चनपुरबाहेक अन्य जिल्ला अछाम, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा तथा डोटीमा छोरीलाई त्यार दिने अर्थात ‘चेली त्यार’ दिने चलन परापूर्वकालदेख चल्दै आएको बुढापाका बताउछन् ।

छोरी धनी होस् वा गरिब, नजिक होस् वा टाढा त्यार अनिवार्य दिनैपर्ने नियम रहेको छ यहाँका पहाडी जिल्लामा । छोरीलाई दिइने त्यारमा सेल, मासलगाएको पुरी, सुदूरपश्चिमको प्रख्यात रोटी भुने (चामलको पिठोबाट बनेको), माडालगायतका परिकार पकाएर छोरी पक्षकालाई करिब हप्तादिन पुग्नेगरी दिने चलन रहेको दिपायल सिलगढी नगरपालिका–२ दिपायलकी स्थानीयवासी हीरादेवी कठायतले बताउँछिन् ।“एक छोरीको घरमा हप्ता दिन पुग्नेगरी त्यार दिनुपर्छ, कसै कसैका त पाँचदेखि सात छोरी हुन्छन् उनीहरुलाई निकै दुःखहुन्छ” उनले भनिन्, “त्यार नदिइ नहुने, दिँदा आफूलाई घरमा पछि खान पुग्दैन, कतिपएलाई सारै समस्या हुन्छ ।” डोटीलगायत यहाँका अन्य जिल्लामा छोरीलाई त्यारमाडो दिने चलन माघ महिनाभरि नै चल्ने गर्दछ ।

यहाँका पहाडी जिल्लामा अहिले ‘चेली त्यार’ को चहलपहल निकै बढेको छ । माघ महिनाभरी यहाँ कोसेली बोकेर छोरी–ज्वाइँको घर गइरहेका आमा भेटिने गरेका छन् । यहाँ माघ महिनालाई धार्मिक महिनाका रुपमा लिने गरिन्छ । यस महिनामा छोरीचेली, ज्वाइँ र नातिनातिनालाई खानेकुरा तथा केही दान दक्षिणा दिए धर्म कमाइन्छ भन्ने विश्वासले यहाँका स्थानीयवासीले माघ महिनामा खानेकुरा तथा केही दान दक्षिणा दिने गरेको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीका स्थानीयवासी मानबहादुर धामीले जानकारी दिए । उनले भने, “माघ महिनामा दान दक्षिणा दिए धर्म कमाइन्छ भनेर हामी छोरीलाई त्यार दिने गर्छौं, माघ महिना धर्म कमाउने महिनाका रुपमा लिइन्छ ।”
रासस

वि.सं.२०७८ माघ ११ मंगलवार १३:१५ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...