back
CTIZAN AD

यसरी गर्नुहोस् राष्ट्रिय परिचय–पत्रको लागि अनलाइन अवेदन

वि.सं.२०७८ माघ १९ बुधवार

1.5K 

shares

काठमाडौं । सरकारले व्यक्तिको सम्पूर्ण बैयक्तिक विवरण समेटिएको राष्ट्रिय परिचय–पत्र लागू गर्ने तयारी गरेको छ ।

केहि बर्ष पहिले पाँचथर र सिंहदरवारबाट सुरु गरेको राष्ट्रिय परिचय–पत्र बनाउने कार्य हाल देशव्यापि बनाईएको छ ।

सरकारले तोकेका ठाउँहरुमा गएर फोटो खिचाउने तथा आफ्नो बायोमेट्रिक गराउनु पर्ने अनिवार्य गराएको छ तर आवेदकले राष्ट्रिय परिचय–पत्र बनाउँने आवेदन चाहिं अनलाईनबाट नै भर्न सकिने बनाएको छ । हाललाई काठमाडाैं उपत्यककाे हकमा नारायणाहिटीमा रहेकाे पुरानाे राहदानी विभाग र अन्य जिल्लाकाे हकमा  जिल्ला प्रशासन कार्यालयहरुबाट बायोमेट्रिक गर्दा सहज हुने देखिएको छ ।

No description available.

यसरी भर्नुहोस राष्ट्रिय परिचय पत्रको लागि आवेदन
सबैभन्दा पहिला यो लिंकमा क्लिक गर्नुहोस् । त्यसपछि दुईवटा अप्सन सहित वेलकम टु एनआइडी इनरोलमेन्ट सिस्टम डिस्प्ले हुन्छ । त्यसको पहिलोमा लगिन फर इन्डिभिड्युअल र दोस्रोमा लगिन फर सर्भिस प्रोभाइडर देखाउँछ ।

No description available.

No description available.

पहिलो अप्सन लगिन फर इन्डिभिड्युअलमा क्लिक गर्नुहोस् । त्यसमा तपाईको मोबाइल नं. हाल्नुहोस् र प्रोसेस सुरु गर्नुहोस् । तपाईंले आफ्नो मोवाइल नं. हालेर प्रोसेस सुरु गरेपछि सिस्टमले तपाईंको मोवाइलमा चार अंकको ओटीपि पठाउँछ । त्यो ओटिपिलाई इन्ट्रि गरेपछि तपाईंले त्यहाँ दिए अनुसारको विवरण भर्नुपर्छ ।

No description available.

तपाईंले सम्पूर्ण विवरण भरिसकेपछि फोटो र बायोमेट्रिकको लागि तपाईंलाई पायक पर्ने ठाउँ छान्नुहोस् र तपाईं कहिले जाने हो मिति छानेर सर्च गर्नुहोस् । तपाईंलाई जुन दिन समय उपयुक्त हुन्छ सो दिन गएर बायो मेट्रिक गर्न सक्नुहुनेछ । बायो मेट्रिक गर्न जाँदा तपाईले भरेको अनलाइन फर्ममा भएको १३ अंकको सिरियल नंं लिएर जानुपर्ने हुन्छ ।

सम्पूर्ण काम सकेपछि सम्बन्धित कर्मचारीले परिचय-पत्र कहिले र कहाँबाट पाउनुहुने हो त्यसको जानकारी दिने छन् ।

वि.सं.२०७८ माघ १९ बुधवार १६:२० मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...