Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

बालाजुमा साझा बसमा आगजनी



२८ फागुन, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका क्रममा आज बालाजु बाइपासमा साझा यातायातको बस जलाइएको छ ।

बा ४ ख ५६४८ नं को बसका चालक, परिचालक र सुरक्षामा खटिएका प्रहरी खाना खान गएको मौका छोपी बालाजु बाइपासमा रोकि राखिएको बसबाट यात्रु ओराली पेट्रोल छर्केर आगो लगाइएको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

आगलागीबाट बसका आठवटा सीट पूर्णरुपमा जलेर रु एक लााख बराबरको क्षति भएको छ । यातायातले कसैको समर्थन वा विरोधमा सेवा सञ्चालन नगरेको उल्लेख गर्नुहुँदै उहाँले यस्ता गतिविधि नदोहो¥याउन सबैसँग अनुरोध गर्नुभयो ।

साझाका ४० वटा सवारीसाधन अन्य दिनजस्तै आज पनि उपत्यकाका रुटमा चलिरहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ