back
CTIZAN AD

आँधीमा अवतरण गर्न खोज्दा ठूलो दुर्घटनाबाट टर्यो ब्रिटिस एयरवेज (भिडियाे सहित)

वि.सं.२०७८ माघ २० बिहीवार

879 

shares

२० माघ, काठमाडौँ । ‘कोरी’ नामक आँधीसंगै आएको उच्च हावाका कारण ब्रिटिस एयरवेजको जेट हिथ्रो एयरपोर्टमा सोमबार अवतरणको प्रयास रद्द गर्न बाध्य भएको छ ।

द गार्डियनका अनुसार सोमबार विमान एबरडीनबाट प्रस्थान गरेको ब्रिटिस एयरवेजको जेट बिए १६०७ कल साइनको विमान रनवेमा पुग्दा बायाँ तर्फबाट उच्च हावा झोक्काले हान्दा विमान अवतरण नै नगरी पुन आकाशमा उडेको थियो ।

बिग जेट टिभीले खिचेर द गार्डियनले प्रकासित गरेको भिडियोमा विमानको पछाडिको भाग लगभग जमिनमा ठोकिन पुगेको छ । पाइलटले अर्को अवतरण प्रयासको लागि उडान गर्नुअघि विमानलाई स्थिर गर्न र माथि लान सफल भएको पनि भिडियोमा देखिन्छ ।

‘हाम्रा पाइलटहरू खराब मौसमी अवस्थाहरू सहित परिदृश्यहरूको व्यवस्थापन गर्न तालिम प्राप्त छन् ।’ ब्रिटिश एयरवेजका प्रवक्ताले भने ‘हाम्रो उडान टोलीले विमानलाई सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ।’ उनका अनुसार पाइलटले दोस्रो पटक भने विमानलाई सुरक्षितरुपमा अवतरण गराएका थिए ।

गत साताको अन्त्यमा आएको हुरी सहितको ठूलो आँधीका कारण बेलायत भर ४५,००० भन्दा बढी घरमा बिजुली काटीएको थियो । त्यस्तै शनिबार स्टफर्डशायरमा रुख ढलेर एक ९ वर्षीय बालक र एबरडीनमा एक ६० वर्षीया महिलाको मृत्यु भएको थियो ।

हेर्नुहाेस् भिडियाे 

वि.सं.२०७८ माघ २० बिहीवार १७:३९ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...