२५ माघ, काठमाडौँ । पाकिस्तान विरुद्धको टेस्ट श्रृखलाका लागि क्रिकेट अष्ट्रेलियाले आफ्नो खेलाडीहरुको चयन गरेको छ । क्रिकेट अष्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा १८ खेलाडीको नाम सार्वजनिक गरेको हो ।
JUST IN:#PAKvAUS
— cricket.com.au (@cricketcomau) February 7, 2022
एस्टन एगार करिब ५ वर्ष पछि अष्ट्रेलियाको टेस्ट क्रिकेट टिममा पर्न सफल भएका छन । उनले अन्तिम पटक २०१७ मा अष्ट्रेलियका लागि टेस्ट क्रिकेट खेलेका थिए । त्यसैगरी इंल्याण्ड विरुद्धको टेस्ट श्रृखलामा चोटिल भएका जश हेजलवुडले पनि टेस्ट टिममा पुनरागमन गरेका छन ।
उनीसँगै मिचल मार्श र जोस इंग्लिस पनि टिममा पर्न सफल भएका छन । क्रिकेट अष्ट्रेलियाले जे रिचर्डसनलाई भने पाकिस्तान विरुद्धको श्रृखलामा विश्राम दिने निणर्य गरेको छ ।
पाकिस्तान र अष्ट्रेलिया बिचको ३ खेलको टेस्ट श्रृखला मार्च ४ बाट सुरु हुनेछ ।
पाकिस्तान विरुद्धको टेस्ट श्रृखलाका लागि अष्ट्रेलियाको टिम :
प्याट कमिन्स (कप्तान), डेभिड वार्नर, मार्कस ह्यारिस, मार्नस लाबुसचेन, स्टीभन स्मिथ (उपकप्तान), ट्राभिस हेड, क्यामरन ग्रीन, एलेक्स केरी, मिचेल स्टार्क, नेथन लायन, जश हेजलवुड, एस्टन आगर, स्कट बोलान्ड, जोश इंग्लिस, उस्मान ख्वाजा , मिचेल मार्श, माइकल नेसर, मिचेल स्वेप्सन ।
वि.सं.२०७८ माघ २५ मंगलवार १०:२४ मा प्रकाशित


























