back
CTIZAN AD

राष्ट्र बैंकले भन्यो क्रिप्टोकरेन्सी र नेटवर्किङमा लाग्दै नलाग्नु

वि.सं.२०७८ माघ २६ बुधवार

594 

shares

 

२६ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपालमा गैरकानूनी रहेकाले क्रिप्टोकरेन्सी र नेटवर्किङसम्बन्धी कारोबारमा सचेत रहन सबैलाई आग्रह गरेको छ । पछिल्ला दिनहरुमा नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको पाइएपछि केन्द्रीय बैंकले आज एक सार्वजनिक सन्देशमार्फत त्यस्ता कारोबार र गतिविधि देशको अर्थतन्त्रका लागि मात्र नभई लगानी गर्नेका लागि पनि जोखिम रहेको जनाएको छ ।

यसको प्रकृति नै गैर नियमन भएकाले धेरै सचेत रहन नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । क्रिप्टोकरेन्सीको कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानीसम्बन्धी उच्च जोखिम हुने देखिन्छ भन्दै केन्द्रीय बैंकले त्यस्तो कारोबारबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा लगानीसम्बन्धी जोखिमबारे एफएटीएफले जुन २०१४ मा नै प्रतिवेदन प्रकाशन गरेको स्मरण गराएको छ ।

क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेषगरी ठगी तथा कर छलीलगायतका कार्य हुन सक्ने उल्लेख गर्दै केन्द्रीय बैंकले एउटा निजी फर्मको अनुसन्धानले सन् २०२० मा आपराधिक बिटक्वाइन ठेगनाबाट मात्र अमेरिकी डलर तीन अर्ब ५० करोड पठाएको पाइएकाले नेटवर्किङ मार्केटिङको व्यवसाय पनि अवैधानिक आर्थिक क्रियाकलाप भएकाले राजस्वमा नकारात्मक असर पर्ने उल्लेख गरेको छ ।

क्रिप्टोकरेन्सीको कारोबारबाट उपभोक्ता संरक्षणमा पनि असर गर्ने देखिन्छ भन्दै केन्द्रीय बैंकले नेपालजस्तो वित्तीय साक्षरता कम भएका मुलुकमा वित्तीय सेवाका उपभोक्ता असुरक्षित हुने बढी सम्भावना रहने स्पष्ट पारेको छ ।

क्रिप्टोकरेन्सीको प्रयोगबाट पूँजी पलायनको नियमनमा पनि असर गर्ने स्पष्ट पार्दै केन्द्रीय बैंकले नेपाल जस्तो सीमित पूँजी भएको र स्वदेशी पूँजी विदेश लैजान बन्देज लगाइएको मुलुकमा क्रिप्टोकरेन्सीमार्फत पूँजी पलायन हुनबाट जोगाउनु नै मुख्य चुनौती रहेको जनाएको छ ।

नवीन प्रविधिको सहयोगमा अन्तरदेशीयरूपमा सञ्चालित नेटवर्किङ मार्केटिङ व्यवसायबाट अवैधानिक माध्यम वा हुण्डीमार्फत पैसा विदेशिने र पूँजी पलायन हुन सक्ने सूचनामा उल्लेख छ ।

क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगबाट समस्त वित्तीय स्थायित्वमा नै असर पर्ने तथा अन्तर्राष्ट्रिय मुद्राकोषले अक्टोबर २०२१ मा जारी गरेको ग्लोबल फाइनान्सियल स्टेबिलिटी रिपोर्टमा क्रिप्टोकरेन्सीलाई विश्वव्यापी वित्तीय स्थायित्वको तीन वटा प्रमुख चुनौतीमध्येको एक भनेर उल्लेख गरिएको जनाएको छ ।

क्रिप्टोकरेन्सी निजी क्षेत्रबाट सञ्चालित हुने भएको र केन्द्रीय बैंकको नियन्त्रणबाहिर भएकोले यसको व्यापक प्रयोग भएमा मुद्रा प्रदायमा गणना नभई मौद्रिक नीतिको प्रभावकारितामा असर पर्न सक्ने सूचनामा जनाइएको छ ।

क्रिप्टोकरेन्सीको कारोबाररलगानी तथा नेटवर्किङ व्यवसायबाट पूँजी पलायन हुन सक्ने र विदेशमा रहेका नेपालीबाट नेपाल आउन सक्ने विप्रेषण विदेशमै लगानी हुन सक्ने भएकोले विदेशी सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भएकाले त्यस्ता गतिविधमा संलग्न नहुन अनुरोध गरिएको छ ।

क्रिप्टोकरेन्सी तथा यससँग सम्बन्धित कोषमा लगानी गर्ने तथा नेटवर्किङ मार्केटिङमा आबद्ध हुने जस्ता क्रियाकलापमा युवा जनशक्ति आकर्षित हुन सक्ने भएकोले त्यस्तो अवैधानिक आर्थिक क्रियाकलापमा संलग्न हुँदा व्यक्तिगत जीवन र मुलुकको आर्थिक सामाजिक व्यवस्थामा समेत नकारात्मक असर पर्ने भएकाले ध्यान दिन आग्रह गरिएको छ ।

वि.सं.२०७८ माघ २६ बुधवार ११:२६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...