२ फागुन, काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.९७५ प्रतिशत नगद लाभांश गरी कुल १९.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले बोनस शेयर वितरण पछि कामय पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त बोनश शेयर तथा हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्नका लागि फागुन ३० गते वार्षिक साधारणसभा बोलाएको छ ।
वि.सं.२०७८ फागुन २ सोमवार ११:४२ मा प्रकाशित


























