back
CTIZAN AD

एमसीसी टेबल गर्ने तयारीप्रति सभामुख असन्तुष्ट, समेटेनन् सम्भावित कार्यसूचीमा

वि.सं.२०७८ फागुन ३ मंगलवार

864 

shares

काठमाडौं । संसद सचिवालयले बुधबारका लागि बोलाइएको संसद बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । संसद सचिवालयले बुधबार बस्ने संसद बैठकमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन र शोक प्रस्ताव मात्रैलाई सम्भावित कार्यसूचीमा राखेको छ ।

सरकारले एमसीसीसम्बन्धी प्रस्तावलाई टेबल गर्ने तयारी गरेको थियो । मंगलबार मात्रै प्रधानमन्त्री शेरबहादुुर देउवाले बुधबार बस्ने संसद बैठकमा एमसीसी सम्बन्धी प्रस्तावलाई टेबल गर्ने भन्दै कार्यसूचीमा समेट्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए । कांग्रेस संसदीय दलको बैठककै बीच उनले फोन संवाद गर्दै कार्यसूचीमा समेट्न भनेका थिए ।

तर, संसद सचिवालयले एमसीसीलाई नसमेटि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

संसद बैठकको कार्यसूची सम्भावित कार्यसूचीअनुसार नै हुने गरेको छ । तथापी कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीलाई हेरफेर गर्न सक्नेछ । बुधबार बिहान साढे ११ बजे सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् ।

सभामुख सापकोटाले एमसीसीमा राष्ट्रिय सहमति गरिनुपर्ने धारणा राखिरहेका छन् । उनले विवादकै बीच एमसीसीलाई टेबल गर्न नसकिने बताउँदै आएका थिए । सम्भावित कार्यसूचीमा एमसीसी नसमेटिनुले पनि सभामुख असन्तुष्ट रहेको देखाउँछ ।

वि.सं.२०७८ फागुन ३ मंगलवार १७:५० मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...