back
CTIZAN AD

नेपालमा घट्यो कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या, आज ६८० संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७८ फागुन ३ मंगलवार

846 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६८० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९५ नमुना परीक्षणमा ६८० जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका ६८० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ११ हजार ६९८ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १८३५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १८३५ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ४२ हजार ७३७ पुगेको छ ।

नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०२ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १९ हजार ९८२ जना र संस्थागत आइसोलेशनमा ७५७ जना रहेका छन् । ती मध्ये आइसीयुमा १७४ र भेन्टिलेटरमा ३३ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी नेपालमा आज ४३ हजार ८८१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

आज थपिए ७४७ कोरोना संक्रमित, ८ जनाको मृत्यु

वि.सं.२०७८ फागुन ३ मंगलवार १७:३२ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...