back
CTIZAN AD

तपाईको आज बुधवारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष लाभ ?

वि.सं.२०७८ फागुन ४ बुधवार

846 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समस्या दर्साउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। प्रतिस्पर्धा बढ्नेछ तापनि साँझतिर व्यवसायमा लाभ हुनेछ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। बिना योजना काम थाल्दा दुःख पाइनेछ। तापनि, शुभचिन्तकको साथ–सहयोगले काम गर्न सकिनेछ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि नयाँ कार्यतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर पनि प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। सहयोगीहरूले नयाँ कामको प्रस्ताव ल्याउनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तसँग सम्पर्क हुनेछ। दिउँसोदेखि धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। यात्राको साइत जुर्न सक्छ। साँझतिर परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। केही राम्रै अवसर प्राप्त हुनेछन्। तर दिउँसोदेखि व्यावसायिक कामले खर्च बढाउनेछ। स्रोत–साधन जुटाउन अधिक रकम लाग्न सक्छ। सरसापटमा पनि केही नगद बाहिरिन सक्छ। बसाइमा स्थानान्तरण वा सानोतिनो यात्रा हुने सम्भावना देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। पारिवारिक मतभेदले काम रोकिएला, सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। उठेको रकम खर्च हुनेछ।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। दिउँसोदेखि नयाँ कामको अवसर प्राप्त हुन सक्छ। पहिलेको स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। मिहिनेतले कीर्तिमानी कामको यश लिने सौभाग्य दिलाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य कमजोर हुनाले काम गर्न समय लाग्नेछ। बिहान न्यून उपलब्धिमा काम गर्नुपरे पनि चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। साँझतिर उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायमा सामान्य आम्दानी भइरहनेछ। तर विलासितामा धन खर्च गर्नुपर्ने परिस्थिति आउला। कामले वादविवाद समेत निम्त्याउन सक्छ। साँझतिर स्वास्थ्य कमजोर रहे पनि कामको चाप बढ्नेछ। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिवश विवादास्पद काममा अलमलिनुपर्ला। द्वन्द्वले फजुल खर्च निम्त्याउन सक्छ। अवसरवादीहरूले झुक्याउन सक्छन्। पछिका लागि उपलब्धिको स्रोत पनि पहिल्याउन सकिनेछ। यसका लागि गोपनीयतामा भने ध्यान पुर्याउनुहोला। सोखले खर्च बढाउन सक्छ। काम पूरा नभए पनि साँझमा मनग्य फाइदा उठाउन सकिनेछ। मिहिनेतले लाभ दिलाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
लगनशीलताले अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मध्याह्नदेखि प्रतिस्पर्धीहरूबाट अलि सावधान रहनुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्, सजग रहनुहोला।

२०७८ फागुन ४ गते, बुधवार, (१६ फेब्रअरी २०२२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

वि.सं.२०७८ फागुन ४ बुधवार ०८:०१ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...