back
CTIZAN AD

तीन जिल्ला हेर्न दुई कर्मचारी !

वि.सं.२०७८ फागुन ४ बुधवार

786 

shares

गलेश्वर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारीका अभावमा सेवा प्रवाह नै प्रभावित हुन थालेको छ । म्याग्दी, मुस्ताङ र बागलुङ जिल्ला हेर्नेगरी २०७४ सालमा सो कार्यालय स्थापना भएको थियो ।

कार्यालय स्थापना भएदेखि नै कर्मचारीको अभाव हुँदै आएको जनाइएकोे छ । हालसम्म दुईजना मात्रै कर्मचारीले मात्रै सेवा प्रदान गर्नुपर्दा समस्या उत्पन्न भएको कार्यालय प्रमुख सौरभ श्रेष्ठले बताए ।

“एक जना कर्मचारी केही समयदेखि स्याङ्जामा काजमा हुनुहुन्छ । एक जना अधिकृत, एक जना प्राविधिक सहायकका भरमा कार्यालय सञ्चालनमा छ”, उनले भने । बजार अनुगमन र खाद्यसम्बन्धी बढी काम गर्ने यस कार्यालयमा कर्मचारी कम हुँदा सेवा प्रवाहमासमेत समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ ।

कार्यालय प्रमुख श्रेष्ठले आफूहरु धेरैजसो फिल्डमै गएर काम गर्नुपर्ने हुँदा कहिलेकाहीँ कार्यालय खाली नै हुने गरेको गुनासो गरे । उनले जनशक्ति अभाव हुँदा सोंचेअनुसारको काम गर्न कठिन भएको र कार्यालयको आफ्नै सवारी साधनसमेत नहुँदा तीन जिल्लामा काम गर्न समस्यासमेत भएको बताए ।
“हाम्रो आफ्नै सवारी साधन छैन, दुईपाङ्गे्र सवारी साधनका भरमै तीन जिल्लामा सेवा प्रदान गर्नुपर्ने अवस्था छ, हामी फिल्डमा निस्केका समयमा सेवाग्राही अनुज्ञापत्र जारी तथा नवीकरण गर्न आउनुभयो भने यसै फर्किनुपर्ने अवस्था छ”, उनले भने । जनशक्ति पर्याप्त भएको भए काम पनि प्रभावकारी हुने थियो, सेवाग्राहीले सहजरुपमा सेवा पाउनसक्ने उनको भनाइ छ ।

वि.सं.२०७८ फागुन ४ बुधवार १५:५९ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...