back

गठबन्धनबीच सहमति जुट्न नसकेपछि झन अन्यौलमा एमसीसी

वि.सं.२०७८ फागुन ५ बिहीवार

687 

shares

काठमाडौं । बहुचर्चित अमेरिकी परियोजना एमसीसी परियोजना शुक्रवारको प्रतिनिधिसभाको बैठकमा पनि टेवुल हुने संभावना टरेको छ ।

बालुवाटारमा बिहीवार साझ बसेको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीका विषयमा सहमति जुटाउन नसकेपछि शुक्रवारको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेवुल हुने संभावना टरेको छ । यद्यपी प्रधानमन्त्रीले फागुन १६ गतेसम्ममा एमसीसीलाई निष्कर्षमा पुर्याएरै छाड्ने बताएका छन् ।

एमसीसीलाई प्रतिनिधिसभामा टेवुल गराएरै छाड्ने नेपाली कांग्रेसको अडानमा माओवादी केन्द्र र एकिकृत समाजवादीले साथ नदिएपछि अन्ततः प्रधानमन्त्री देउवा एमसीसी अगाडि बढाउने कि गठबन्धन तोड्ने भन्ने अन्यौलमा परेका छन् । यसका लागि प्रधानमन्त्री देउवाले एमालेसँग समेत संवाद अगाडि बढाएका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार बिहान कांग्रेस नेता मिनेन्द्र रिजाल र ज्ञानेन्द्र बहादुर कार्कीमार्फत् संवाद अगाडि बढाएका थिए । तर, एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको निर्णयपछि मात्र आफुले यसबारेमा बोल्ने बताएका थिए ।

सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष टुंगियो
एमसीसीका विषयमा सहमति जुटाउन बिहीबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा विना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवासका बसेको पाँचदलीय गठबन्धनको बैठकमा एमसीसीका विषयमा सहमति जुटाउने प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि भोली बिहान ९ बजे पुनः बैठक बस्ने गरी टुंगिएको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी टेबुल गर्नका लागि पहिलो संसद अवरोध हटाउनुपर्ने बताएका थिए । उनीहरुले एमसीसी टेवुल गर्नका लागि एमालेसँग संवाद गरेर संसद अवरोध हटाउनका लागि पहल गर्न समेत प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए ।

‘कांग्रेसले फागुन १६ सम्ममा एमसीसीलाई निष्कर्षमा पुर्याउने’
बैठक लगत्तै   सुचना तथा संचारमन्त्री मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाली कांग्रेसले फागुन १६ गतेसम्म निष्कर्षमा पुर्याएरै छाड्ने बताएका छन् । बैठक लगत्तै पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले पुर्ववर्ती सरकारले एमसीसीलाई टेवुल गरेको बताउँदै सरकार अविछिन्न यसको उत्तराधिकारी रहेको बताए ।

‘अब फेब्रअरी २८ (फागुन १६ गते) सम्ममा यसलाई हामीले निष्कर्षमा पुर्याउने हुनाले यसलाई टेवुल गर्नका लागि प्रधानमन्त्रीले प्रस्ताव गर्नु भएको छ । यहि प्रस्तावको परिवरी बसेर धेरै छलफल भएको छ,’ मन्त्री कार्कीले भने, ‘एमसीसीलाई १६ गतेभित्रमा निष्कर्षमा पुर्याउने गरेर छलफल केन्द्रीत छ ।’

संसद अवरोध हटाउन पहल गर्न माओवादी केन्द्रको आग्रह
बैठकमा नेकपा माओवादी केन्द्रले बैठकमा एमसीसीका विषयमा छलफल हुँदा पहिले संसद सुचारु गर्नुपर्ने माग गरेको छ ।

बैठक लगत्तै संचारमाध्यमसँग कुरागर्दै नेता श्रेष्ठले प्रधानमन्त्रीले एमसीसी टेवुल गरेर छलफल र निर्णय प्रक्रियामा जाने बताएको र यसलाई फागुन १६ गतेभित्रमा निष्कर्षमा पुर्याउने अडान राखेको बताएका छन् ।

‘बैठकमा सबै पार्टीले आ–आफ्नो दृष्टिकोण राखेका छन् । हामीले टेवुल गर्ने कुरा पहिलो त संविधान र कानुनको प्रावधानसँग मेल खान्छ कि खान्न भन्ने बहस पनि छ । त्यो हो आर्थिक सहायता, अहिलेसम्म यौटा पनि संसदबाट अनुमोदन गर्ने दिशामा लगिएको छैन । त्यसको परिणाम के हुन्छ भन्ने विषयमा पनि सहमति बनेको छैन, ’नेता श्रेष्ठले भने, ‘अर्को कुरा संसद अवरुद्ध भइरहेका बेला अहिलेसम्म अध्यादेश बाहेक कुनैपनि बिधेयक प्रस्ताव प्रस्तुत गरिएको छैन । यसलाई कसरी हेर्ने भन्ने कुरा राख्यौं ।’

नेता श्रेष्ठले व्यापक दीर्घकालिन असर पार्ने राष्ट्रिययतासँग जोडिएको संवेदनशील मुद्दा नेपाली समाजमा व्यापक छलफल र बहस भइरहेको र विभाजित समेत भइरहेको अवस्थामा त्यस्तो मुद्दालाई छलफल र बहस नगरी कसरी सदनमा लैजान मिल्छ भन्ने बैठकमा छलफल गरिएको बताए ।

एमाले अध्यक्ष भेट्न बालकोट पुगे प्रधानमन्त्री
सत्तारुढ गठबन्धन दलको बैठक विना निष्कर्ष टुंगिएपछि प्रधानमन्त्री देउवा एमालेका अध्यक्ष केपी शर्मालाई भेट्न बालकोट पुगेका छन् ।

एमसीसी संसदमा टेबुल गर्ने विषयमा सत्तारुढ गठबन्धन दलभित्रै सहमति जुटाउने आजको प्रयास पनि असफल भएपछि प्रधामन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

एमसीसी परियोजना शुक्रवारको प्रतिनिधिसभाको बैठकमा टेवुल गर्ने अडान राख्दै आएका प्रधानमन्त्री देउवा अन्ततः गठबन्धनभित्रकै सहयात्रीबाट सहयोग नपाएपछि एमालेसँगको सहकार्यका लागि संवाद अगाडि बढाउन थालेका छन् ।

माओवादी केन्द्रले एमसीसीमा रहेका केही बुँदाहरु आपत्तिजनक रहेको बताउँदै यथास्थितिमा एमसीसी टेवुल गरिए सरकारबाटै बाहिरीने निर्णय गरेको छ भने एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि बिहीवार पत्रकारहरुसँग कुराकानी गर्दै एमसीसीका विरुद्धमा मतदान गर्ने बताएका छन् ।

गठबन्धनको बैठक सकिनासाथ ओली निवास बालकोट पुगे प्रधानमन्त्री

सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगियो, शुक्रवार पुन: बस्ने

 

 

वि.सं.२०७८ फागुन ५ बिहीवार २१:३८ मा प्रकाशित

Himalayan Life AD
शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर

सुदूरपश्चिम । केही दिनदेखि कुहिरो र हुस्सुसँगै लगातार चलेको शीतलहरले...

प्रतिनिधिसभा निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

प्रतिनिधिसभा निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन...

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा...

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रमका सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रमका सम्पन्न

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं...

जाँचबुझ आयोगलाई लिखित जवाफ पठाउने ओलीको तयारी

जाँचबुझ आयोगलाई लिखित जवाफ पठाउने ओलीको तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौँ । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद...