back
CTIZAN AD

‘छिमेकी चरा’ एपमार्फत चरा गणना, कसरी गरिन्छ त एपमार्फत चरा गणना ?

वि.सं.२०७८ फागुन ६ शुक्रवार

1.9K 

shares

कञ्चनपुर । कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलोपटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयंसेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए ।

“मोबाइलमा छिमेकी चरा एप स्वयंसेवकले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरी अभिलेखीकरणको कार्य हुन्छ”, उनले भने, “एपमै प्रदेश, जिल्ला, स्थानीय तह राखिएको छ, स्वयंसेवकले आफू बसेकै ठाउँबाट चराको प्रजातिसँगै सङ्ख्यासहित एपमा फोटो अपलोड गर्छन् ।”

पहिलो चरणमा चरा गणनाको काम यही फागुन ७ गते स्वयंसेवकमार्फत आधा घण्टा गरिने उनले बताए । “त्यसको नतिजा विश्लेषण गरी दोस्रो चरणमा कुन–कुन महिनामा चरा गणनाको कार्य गर्ने भन्नेबारे निक्र्यौल हुन्छ”, उनले भने, “स्वयंसेवकले एपमार्फत पठाएका फोटोका आधारमा नतिजा स्थानीय सञ्चारमाध्यम र वर्डलाइफ नेपालको वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।”

स्वयंसेवक परिचालन गरी एपमार्फत चरा गणनका लागि दुई महिना अघिदेखि तयारी थालिएको उनले जानकारी दिए । चरा गणनाका लागि एक हजार बढी स्वयंसेवक परिचालन गरिने बताइएको छ । यसअघि चरा गणनाका लागि चरा संरक्षणको क्षेत्रमा क्रियाशीललाई मात्रै समावेश गरिँदै आएकामा यसपटक स्थानीय बासिन्दालाई समेत समावेश गरिएको छ ।

चराको महत्व दर्शाउन, छरछिमेकलाई चरामैत्री बनाउन र चरा संरक्षणबारे सर्वसाधारणलाई सचेत पार्नका लागि एपमार्फत चरा गणनाको कार्य हुन लागेको विज्ञ डगौराको भनाइ छ । एपमा नेपालभरि पाइने (हिमालदेखि तराईसम्मका) चराको सूची राखिएको छ ।

 

वि.सं.२०७८ फागुन ६ शुक्रवार १२:०४ मा प्रकाशित

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...