काठमाडौं । सत्तारुढ गठबन्धनको आइतवार बस्ने बैठकले एमसीसीको विषयलाई निष्कर्षमा पुर्याउने बताएका छन् ।
शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन दलको बैठकमा एमसीसीका विषयमा केही छलफल भएको र आइतवार बस्ने गरी बैठक टुंगिएको जानकारी मन्त्री कार्कीले दिएका छन् ।
उनले संसदलाई जिवन्त बनाउन प्रमुख प्रतिपक्षी दलको पनि त्यत्तिकै दायित्व र भूमिका रहने हुनाले संसद सुचारु गरेर एमसीसीका बारेमा गम्भीर र जीवन्त छलफल होस् भन्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको बताए ।
‘विपक्षी दलको नेताबाट यो परियोजनालाई निष्कर्षमा पुर्याउने प्रधानमन्त्रीको प्रस्ताव छ, यसलाई निष्कर्षमा पुर्याउने विचार विमर्श सकारात्मकरुपले भएको छ । हामी यसलाई टुंगोमा पुर्याउन चाहान्छौं,’ सकारका प्रवक्ता समेत रहेका कार्कीले भने, ‘टुंगोमा पुर्याउन उहाँहरुले आफ्नो धारणा राख्नु भएको छ ८ गते १० बजेपछि हामी एउटा निष्कर्षमा पुग्छौं ।’
यसैबीच बैठकमा सहभागी एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीले जसरी पनि एमसीसी संसदमा टेवुल गराएरै छाड्ने अडान लिएपछि आजको बैठक बिना निष्कर्ष टुंगिएको बताएका छन् ।
कार्यव्यवस्था समितिको बैठकमा अनुपस्थित एमालेले आज पनि संसदमा बिरोध जारी राख्ने
वि.सं.२०७८ फागुन ६ शुक्रवार ११:५१ मा प्रकाशित






























