back
CTIZAN AD

श्रमिक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति

वि.सं.२०७८ फागुन ६ शुक्रवार

756 

shares

काठमाडौँ । सरकारले श्रमिक अस्पताल निर्माणका निम्ति सैद्धान्तिक सहमति दिएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त सहमति दिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार सम्हालेदेखि नै श्रमिक अस्पताल निर्माणलाई प्राथमिकतामा राखेर मन्त्रालयका सहसचिव शेषनारायण पौडेलका संयोजकत्वमा अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गठन गरेका थिए ।

उक्त टोलीले अस्पताल संचालनको लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालन प्रारुपलगायत पक्षमा अध्ययन गरिरहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । मुलुकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निजामती कर्मचारीका लागि छुट्टै अस्पतालको व्यवस्था भएकाले मुलुकको आर्थिक विकासमा योगदान गरिरहेका श्रमिकलाई सर्वसुलभ स्वास्थ्य उपचारको व्यवस्था गर्न छुट्टै अस्पताल निर्माणलाई मन्त्री श्रेष्ठले प्राथमिकताका साथ मन्त्रिपरिषद्मा प्रस्ताव गरेका हुन ।

सत्तरी लाखभन्दा बढी आन्तरिक रोजगारीमा रहेका श्रमिक तथा उनीहरुको परिवारका सदस्यका लागि कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी हुँदा औषधि उपचार सुविधा उपलब्ध गराउने, पेसागत कारणले लाग्ने रोगको रोकथामका लागि अनुसन्धान, निदान एवं उपचार गर्न विशेषज्ञ अस्पताल विकास गर्ने, योगदानमा आधारिक सामाजिक सुरक्षा कार्यक्रमले उपलब्ध गराउने श्रमिकको स्वास्थ्य उपचारसम्बन्धी व्यवस्था कार्यान्वयन गराउनुका साथै वैदेशिक रोजगारीबाट फर्केका श्रमिक तथा उनीहरूका परिवारका सदस्यलाई पनि सहुलियतमा उपचार सेवा उपलब्ध गराउने लक्ष्य छ ।

वि.सं.२०७८ फागुन ६ शुक्रवार १३:०२ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ...

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती...