back
CTIZAN AD

नेपालको खराब ब्याटिङ्ग, ओमानले पायो ११८ रनको लक्ष्य

वि.सं.२०७८ फागुन ६ शुक्रवार

771 

shares

६ फागुन, काठमाडौँ । आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई जितको लागि ११८ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११७ रन बनाएको हो । नेपालका लागि ब्याटिङ्गमा अरिफ शेखले सर्वाधिक ३८ रन बनाएका थिए । त्यसैगरी कुशल भूर्तेलले ५, आसिफ शेखले ४, ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, लोकेश बमले १६, विवेककुमार यादवले ७, कमलसिंह ऐरीले १ र सन्दीप लामिछानेले १६ रन बनाएका थिए । ओमानका लागि बलिङ्गमा भने खवर अलीले सर्वाधिक ३ विकेट लिएका थिए ।

नेपाल विरुद्धको खेलमा जित हासिल गर्नको लागि ओमानले २० ओभरमा ११७ रन बनाउन पर्नेछ ।

वि.सं.२०७८ फागुन ६ शुक्रवार १३:१० मा प्रकाशित