काठमाडौं । एमसीसी संसदमा टेबल गर्ने सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमतिप्रति सत्ता गठबन्धनभित्रै गम्भीर मतभेद देखिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले दलहरुबीचको सहमति गलत भएको भन्दै आपत्ति जनाएका छन् ।
नेता खनालले विदेशी शक्तिको सामु झुकेर निर्णय भएको बताए । “यो विदेशी शक्तिको सामू झुकेर गरिएको निर्णय हो”, खनालले भनेका छन्, “यो संसद्मा कसरी टेबल हुन्छ ?”
उनले एमसीसी संसदमा लैजाने विषय राष्ट्र र जनतामाथिको ठूलो घात भएको बताए ।
उनले भनेका छन्, “हाम्रो पार्टीको निर्णय त्यस्तो छैन । हामी त्यसमा सहमत छैनौं । यस्ता खालका सहमतिहरु न संसदमा लानुपर्ने आवश्यक छ, न संसद खुल्ला छ रु यस्तो बेला टेबल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात हो ।”
सम्बन्धित समाचार
वि.सं.२०७८ फागुन ८ आइतवार ११:५६ मा प्रकाशित






























