back
CTIZAN AD

विवाहमा हुने खर्चबाट विद्यालयमा अक्षयकोष स्थापना गरे यी जोडीले

वि.सं.२०७८ फागुन ८ आइतवार

801 

shares

तम्घास । पछिल्लो समय विवाहमा भोजभतेरका नाममा फजुल गर्ने प्रचलन बढेको छ । गुल्मीका एक दम्पतीले विवाहमा हुने भोजभतेरको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका–१ दिब्रुङ्ग सराङका नवराज खरेल दम्पतीले विवाहको खर्च कटाएर अक्षयकोष स्थापना गरेका हुन ।

खरेलको शुक्रबार रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारकी विद्या खड्कासँग विवाह भएको थियो । विवाहको अर्को दिन शनिबार खरेल दम्पतीले दिब्रुङ्गकै शारदा माध्यमिक विद्यालयमा रु ५० हजार १०१ को अक्षयकोषको स्थापना गरेका हुन ।

त्यस्तै उनीहरुले विद्यालयका लागि एक हजार पाँच सय सर्जिकल माक्स पनि हस्तान्तरण गरेका छन् । खरेल सोही विद्यालयका पूर्वविद्यार्थी थिए । उनी अहिले नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयका खेलकुद तथा स्काउट प्रशिक्षक छन् ।

खरेल आइटिएफ तेक्वान्दोका शिक्षक एवम् डोरितान खेल लुम्बिनी प्रदेशका अध्यक्ष हुन । खड्का पनि स्काउट विपत् व्यवस्थापन आकस्मिक उद्धारकर्ता हुन । त्यसैले उनले उक्त रकम खेल र स्काउटको क्षेत्रमा खर्च हुनेगरी अक्षयकोषको स्थापना गरेका हुन । भोजभतेर गर्नुभन्दा समाजमा केही उदाहरणीय काम गर्ने प्रेरणाका साथ अक्षयकोषको स्थापना र माक्स प्रदान गरेको खरेलले बताए । रासस

वि.सं.२०७८ फागुन ८ आइतवार १६:१७ मा प्रकाशित

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...