back
CTIZAN AD

संसदमा भीम रावललाई बोल्न दिएको प्रति एमालेले जनायो आपत्ति

वि.सं.२०७८ फागुन ८ आइतवार

729 

shares

काठमाडौं । नेकपा (एमाले)ले सांसद भीम रावललाई एमसीसीको विषयमा बोल्न दिएको प्रति आपत्ति जनाएको छ । दलीय सहमति नभइ बोल्न दिएको भन्दै एमालेले आपत्ति जनाएको हो ।

रावललाई बोल्न दिइएको प्रति आपत्ति जनाएको एमालेले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण पनि गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराई दलीय व्यवस्थालाई स्वीकार गर्न सभामुखलाई ध्यानाकर्षण गराएको बताए ।

“हामीले त्यसमा आपत्ति जनाएका छौं, सभामुखको ध्यानाकर्षण गराएका छौं”, प्रमुख सचेतक भट्टराईले भने, “एमालेको तर्फबाट निर्वाचित सांसदलाई दलीय सहमति नभइकन दलीय सहमति बेगर तपाईले बोल्न दिने कुरा दलीय व्यवस्था छ, यसविरुद्ध नउत्रिनुस भनेका छौं ।”

एमालेले एमसीसीको विषयमा कुनै निर्णय लिएको छैन् । तर, आइतबार बसेको संसद बैठकमा एमालेका अधिकांश सांसद वेलमा अन्य मुद्दालाई लिएर विरोधमा उत्रिरहेका बेला भीम रावलले एमसीसीको विषयमा बोलेका थिए ।

रावलले एमसीसी टेबल गर्नु आपत्तिजनक भएको बताएका थिए । उनले एमसीसीका प्रावधान राष्ट्र हितविरिुद्व भएको भन्दै निःशर्त खारेज हुनुपर्ने बताएका थिए ।

 

वि.सं.२०७८ फागुन ८ आइतवार १७:१५ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...