काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमित हुनेको संख्या निरन्तर घट्दै गइरहेको छ ।
पछिल्लो २४ घण्टामा २६२ जनामा संक्रमण हुँदा १३३८ जना संक्रमणबाट मुक्त भएका छन् ।
नेपालमा आज थपिएका २६२ जनासँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७५ हजार ५५९ पुगेको छ । ती मध्ये आज निको भएका १३३८ जनासँगै संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ५१ हजार ३९४ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन् । आज थपिएका ४ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९२१ पुगेको छ ।
हाल नेपालमा १२ हजार २४४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ११ हजार ७५४ जना होम आइसोलेशन र ४९० जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै १३६ जनाको आइसीयु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३३ हजार २५४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
वि.सं.२०७८ फागुन ८ आइतवार १७:१५ मा प्रकाशित





























