back
CTIZAN AD

ट्रकले च्यापिएर ड्युडीमा खटिएकी महिला प्रहरी जवानको मृत्यु

वि.सं.२०७८ फागुन ९ सोमवार

654 

shares

बाँके । बाँकेमा ट्रकको ठक्करबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएको छ ।

ओभर स्पिडमा आएको ना ३ ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहमा पल्टिँदा च्यापिएर इलाका प्रहरी कार्यालय कोहलपरकम कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता बिसीको मृत्यु भएको हो ।

आइतवार राति १० बजे तिर तिब्र गतिमा आएको ट्रक चौरहामा मोड्ने क्रममा बिसीलाई च्यापेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिएका छन् ।

ट्रकले च्यापिएलगत्तै उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकलमा पुर्याएकी बिसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार अनुसार मोडमा चालकले ट्रक मोड्न नसक्दा उक्त दुर्घटना हुन पुगेको बताइएको छ ।

ट्रकले किचिएर भे ८ ब ४०६८ र भे १० प ४६२४ नम्बरको दुई थान स्कुटीसमेत पूर्ण रुपमा क्षति भएको प्रहरी निरीक्षक हिमालय शाहले बताए । उनका अनुसार ट्रक चालक बबई गाउँपालिका वडा नं ६ दाङ निवासी लोकराज केसीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

वि.सं.२०७८ फागुन ९ सोमवार १३:३७ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...