back
CTIZAN AD

नेप्सेमा दोहोरो अकंको वृद्धि

वि.सं.२०७८ फागुन ९ सोमवार

630 

shares

९ फागुन, काठमाडौँ । साताको दोस्रो दिन सोमबार नेप्से २५ दशमलव ४१ अंकले वृद्धि हुर्दै समग्र परिसूचक पनि बढेर २७१८ दशमबल ५१ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ५ दशमलब १५ अंकले बढेर ५१८ दशमलब ७९ अंकमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२४ कम्पनीको २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैंयाँ बराबरका ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ४० हजार ८ सय ६९ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नेपाल टेलिकम, जीवन विकास लघुवित्त, अरुण भ्याली हाईड्रोपावर, अपी पावर, नेशनल हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेशनल हाईड्रोपावर, अरुण भ्याली हाईड्रोपावर, अपी पावर, एचआईडिसिएल, नेपाल टेलिकम लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबैभन्दा धेरै कमाउनेमा युनाईटेड मादी इर्दी हाईड्रोपावर, गराँस लघुवित्त, नेपाल हाईड्रो डेभलपर्स, बुद्धभुमी नेपाल लघुवित्त, साहस उर्जा लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने कालिका लघुवित्त, ग्रामिन विकास लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ फागुन ९ सोमवार १६:०३ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...