काठमाडौं । हत्या गरेर जेब्रा झोलामा राखेर धरानको जंगलमा फ्याकिएको अवस्थामा फेला परेको पुरुषको शबको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी संजय सिंहका अनुसार मृतक पुरुष झापा दमक ५ का ४३ वर्षीय दीपक सिग्देल रहेका छन् ।
गत फागुन ४ गते धरान–धनकुटा सडकखण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा जेब्रा झोलामा राखेर फ्याकिएको अवस्थामा टाउको र दाहिने खुट्टा फेला परेको थियो । साथै त्यसको भोलीपल्टै शबको अन्य भागको खोजीमा लागेको प्रहरीले सोहिदिन धरधरे भन्ने ठाउम अर्को झोलामा बाँकी शब फेला पारेको थियो ।
प्रहरीले शबको प्रकृति हेरेर स्केच बनाएर सार्वजनिक गरेपछि दीपकका परिवार आएर शबको पहिचान गरेको प्रहरीले जनाएको छ । प्रहरीले पत्रकार सम्मेलन गरेर यसबारेमा विस्तृत जानकारी दिने जनाएको छ ।
वि.सं.२०७८ फागुन १० मंगलवार ११:२१ मा प्रकाशित






























