back
CTIZAN AD

सूर्यविनायकको पाण्डोबजारमा सञ्चालनमा आयो कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर

वि.सं.२०७८ फागुन १० मंगलवार

549 

shares

१० फागुन, भक्तपुर । सूर्यविनायक नगरपालिका–६ पाण्डोबजारमा अहिलेसम्मकै ठूलो ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा आएको छ । जिआरएस कम्पनीले पाण्डोबजारस्थित बिभूति घरमा सञ्चालनमा ल्याएको ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ को युवा व्यवसायी एवं जिआरएस कम्पनीका अध्यक्ष गोकूल वनले उद्घाटन गरे ।

युवा व्यवसायीद्धय गोकूल वन र राजु सुवालको रु. एक करोडको संयुक्त लगानीमा सञ्चालनमा आएको स्टोरले फागुन महिनाभरि उपभोक्तालाई प्रत्येक सामानमा ५ देखि १५ प्रतिशतसम्म छुट दिने उनले बताए ।

कम्पनीका सञ्चालक वनले भने, “काठमाडौंँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा गरि १२ सहरको मुख्य बजारमा डिपार्टमेन्टल स्टोरको शाखा बिस्तार गर्ने हाम्रो लक्ष्य छ, भक्तपुरबाट हामीले डिपार्टमेन्टल स्टोर सञ्चालन सुरु गरेका छाँै, कूल १२ करोडको लागतमा १२ ठाउँमा यसको शाखा बिस्तार गरेर उपभोक्तालाई सहज र सुलभ सेवा दिने हाम्रो उदेश्य हो ।”

कम्पनीका अर्का सञ्चालन राजु सुवालले उपभोक्तालाई दैनिक उपभोग्य सामानहरु एकै ठाउँमा सस्तो, सुलभ र सहज रुपमा उपलब्ध गराउने उदेश्यले डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको बताए ।

सुवालले भने, “दैनिक उपभोग्य सामान खोज्न उपभोक्तालाई अब पसल पसल चाहर्नु पर्दैन, बजारको अस्वथ्य मूल्यको मारमा पनि पर्नु पर्दैन, ग्राहकको सन्तुष्टी नै हाम्रो उपलब्धी हो, त्यसैले हामीले सस्तो, सुलभ र गुणस्तरीय सामान उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउने प्रण गरेका छौँ ।”

उपत्यकाका बिभिन्न ठाउँमा शाखा खोलेर आम उपभोक्तालाई सेवा दिने लक्ष्य रहेकाले ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ आम उपभोक्ताको मनमनमा बस्ने गरि सेवा दिने बताए ।

वि.सं.२०७८ फागुन १० मंगलवार ११:२० मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...