back
CTIZAN AD

सुन सहित दुई विदेशी पक्राउ

वि.सं.२०७८ फागुन १० मंगलवार

654 

shares

काठमाडौँ । नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बङ्गलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेका विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनीहरुले झण्डै एक किलो सुन तस्करी गर्न खाजेका थिए ।

विशेष सूचनाका आधारमा सोमबार हिमालय एयरलायन्सको उडान नम्बर एच९५६६ द्वारा दुबईबाट काठमाडौँ आएका बङ्गलादेशी नागरिक मोहम्मद उल्ल्लाहमाथि अनुसन्धान गर्दा सुनसहित पक्राउ गरिएको हो । प्रहरी टोलीले जाँच गर्ने क्रममा उल्लाहले लगाएको पाइन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाइ डिटेक्ट गर्न नसक्ने गरी पेटी आकारको एक थान अर्धठोस् सुन बरामद गरेको हो ।

यस्तै उनले नै लगाएको भित्री बस्त्रबाट बेलना आकारको दुई थान अर्धठोस् सुन बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरकिा अनुसार सुन झण्डै एक किलो ( ९३६ ग्राम) रहेको पाइएको छ । उक्त सुनको हालको बजार मूल्य करिब ७७ लाख रहेको छ ।

उनका अनुसार उल्लाहसँगको बयानमा भारतीय नागरिक पारसनाथ साहले भन्सार छली गर्न लगाएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सुन सङ्कलन गर्ने कार्यमा साहकोसमेत संलग्नता देखिन आएकाले दुबै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

वि.सं.२०७८ फागुन १० मंगलवार ११:४३ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ...

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती...