back
CTIZAN AD

निर्वाचनलाई प्रभावकारी बनाउन यस्तो छ माओवादी केन्द्रले जारी गरेको परिपत्र

वि.सं.२०७८ फागुन १० मंगलवार

1.1K 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीयतहको निर्वाचनलाई प्रभावकारी बनाउनका लागि त्यसको तयारी थाल्न भन्दै प्रदेश समितिहरुलाई परिपत्र गरेको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकबाट विस्तृत योजना र कार्यक्रम नबन्दासम्म संगठनात्मक काम र स्थानीयतहको निर्वाचनको तयारीको कामलाई प्रभाव कारी बनाउन परिपपत्र जारी गरेको हो ।

विभागलाई पूर्णता दिन निर्देशन
उक्त परिपत्रमा संगठन सुदृढीकरण तथा विस्तार सम्बन्धमा सम्बन्धमा जिल्ला समन्वय समिति, नगर÷गाउँ, वडा लगायत सबै तहका पार्टी समितिहरु र विधानले व्यवस्था गरे बमोजिम सबै तहका जेष्ठ कम्युनिष्ट मन्च, सल्लाहकार समिति, परिषद र विभागलाई पूर्णता दिन निर्देशन दिइएको छ ।

त्यसैगरी एक वडा न्यूनतम तीन टोल, एक टोल न्यूनतम् तीन सेल हुनुपर्ने पार्टीको निर्णयलाई लागु गर्र्दै संबै संगठित सदस्यलाई पार्टी समिति, विभाग र निकायहरुमा संगठित गर्ने । एक संगठित सदस्य बराबर न्यूनतम् दुई पार्टी सदस्य हुने गरी पार्टी सदस्यता वितरणलाई व्यापक बनाउने । साथै आवस्यकता अनुसार नयाँ संगठित सदस्यता समेत वितरण गर्न पनि परिपत्र गरिएको छ ।

त्यसैगरी सवै जवस, मोर्चा, पेशागत संगठनहरुले समेत संगठनात्मक र अन्य राजनीतिक गतिबिधिलाई नगर÷गाउँ, वडा र टोलहरुमा केन्द्रीत गर्ने र सोहि अनुसारको कार्यविभागन गर्न परिपत्र गरिएको छ ।
यस्तो छ परिपत्र

वि.सं.२०७८ फागुन १० मंगलवार १४:३१ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...