back
CTIZAN AD

एमसीसी फेल गराउन वाम नेताहरुसँग आग्रह

वि.सं.२०७८ फागुन ११ बुधवार

783 

shares

काठमाडौं । पुराना वामपन्थी नेता केशरमणि पोखरेल र लोककृष्ण भट्टराईले अमेरिकी सहयोग परियेजना एमसीसी फेल गराउन वाम नेताहरुसँग आग्रह गरेका छन् ।

संसदको टेवुलमा रहेको एमसीसीका बारेमा प्रेस वक्तव्य जारी गर्दै उनीहरुले हिँजोको तिक्तता विर्सिई नयाँ शिराबाट शोच्न समेत नेताहरुमा आग्रह गरेका छन् ।

नेताद्धयले वाम नेताहरु, पुष्पकमल दाहाल, केपी ओली, माधव कुमार नेपाल, मोहनविक्रम सिंह, मोहन बैद्य, नेत्रविक्रम चन्द, नारायणमान विजक्छे समेतलाई राष्ट्रियता जनतन्त्र र जनजिवीकाका बारेमा बुहद छलफल गरेर मिलेसम्म एउटै पार्टी बनाउने र नसके राष्ट्रिय मुद्दामा सहकार्य गर्न समेत अपिल गरेका छन् ।

यस्तो छ विज्ञप्ति

प्रेश वक्तव्य
नेपाल राष्ट्र र्सिजना भएदेखि आजसम्म नेपाली जनताको स्वाभिमानले नेपाली कुनैपनि देशको गुलामी बन्नु परेको थिएन र छैन । नेपाली जनताले सामान्तवाद र साम्राज्यवाद विरुद्ध कठोर संघर्ष गरेर हाल संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सक्षम भएका छन् । तर, आजको संगीन मोडमा दलहरु विदेश परास्त हुनै लाग्नु विडम्वना र दुःखको कुरा भएको छ । हालै संसदमा असमान बुँदा नहटाइ संयुक्त अमेरिकाको एउटा एमसीसी नामक निगमसँग गरेको असमान सम्झौता सदनमा अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले जवर्जस्ती टेवुल गर्न लगाएका छन् । २००७ सालदेखि आजसम्म कुनैपनि राष्ट्रले दिएको अनुदान वा ऋण व्यवस्थापिकामा पेश भएको छैन । र यो अनुदान हो भने व्यवस्थापिकामा लैजानु जरुरी थिएन र छैन । एमसीसी सम्झौता र नेपाल कानून बाझिएमा एमसीसी सम्झौता लागु हुने भन्नु, २०१७ मा डोनाल्ड ट्रम्पले एमसीसी एड आइपीएस (Indo pacific) संगठन अन्तर्गत भएको घोषणा गरेको र अमेरिकी विभिन्न अधिकारीले एमसीसी AID IPS अन्तर्गत भएको भनाई पटक–पटक सार्वजनिक गर्दै आएका समेत छन् । यस्तो अवस्थामा नेपालले आजसम्म चाहे हिँजोको शितयुद्धकाल होस् वा आज जहिले पनि असंलग्न परराष्ट्र नीति लिई सबै मित्रराष्ट्रसँग बराबर सम्बन्ध राख्दै आएको छ । यो एमसीसीसँग भएको सम्झौताका असमान बुँदा नहटाइ संसदमा अनुमोदन गरिनु राष्ट्रघात हुन्छ । त्यसैले सबै वाम, प्रजातान्त्रिक पार्टीहरु र यीनका सांसदहरु समेत एक हुन र संसदमा टेवुल भएको एमसीसी विरुद्ध भोट हाल्न हामी अपिल गर्दछौं । यसमा विशेष गरी हिँजोको तिक्तता विर्सिई नयाँ शिराबाट शोच्न वाम नेताहरु, पुष्पकमल दाहाल, केपी ओली, माधव कुमार नेपाल, मोहनविक्रम सिंह, मोहन बैद्य, नेत्रविक्रम चन्द, नारायणमान विजक्छे समेतलाई राष्ट्रियता जनतन्त्र र जनजिवीकाका बारेमा बुहद छलफल गरी सके एउटै पार्टी बनाउने र नसके राष्ट्रिय मुद्दामा सहकार्य गर्न समेत अपिल गर्दछौं ।

No photo description available.

वि.सं.२०७८ फागुन ११ बुधवार १८:३१ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...