काठमाडौं । मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल (एचआर क्याम्पियन), मानब अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट्र), अर्गनाइजेशन अफ वल्र्ड पिस नेपाल, एन एम सि नेपाल तथा नेपाल शान्ति स्काउटले शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।
मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा नागरिक अभियन्ता, राजनैतिक दल तथा नागरिक समाजहरुद्धारा काठमाडौंमा भइरहेको विरोध प्रदर्शनका क्रममा प्रहरीबाट धरपकड तथा बल प्रयोग गरी केही नागरिक अभियन्ताहरु घाईते समेत बनाइएको घटनाप्रति चार संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘कुनैपनि बहानामा नागरिकहरुको मौलिक हक तथा स्वतन्त्रताको हरण गर्ने कार्य नगर्नू, सभा सममेलन र आफ्नो विचार राख्ने नागरिकको अधिकारको सम्मान गर्न तथा कानुन कार्यान्वयन गर्ने अधिकारीहरुको लागि बल तथा हतियार प्रयोग सम्बन्धी संयुक्त राष्ट्र संघिय आधारभुत सिद्धान्त १९९० को विपरित हुने गरी कार्य नर्गन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौं ।’ मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल (एचआर क्याम्पियन)का संयोजक हुकुम पोखरेल, मानब अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट्र) नेपालकी महासचिव मिना शर्मा, अर्गनाइजेशन अफ वल्र्ड पिस नेपालका संयोजक सुधन मरासिनी, एन एम सि नेपालकी पूर्वअध्यक्ष कोपिला कुँवर र नेपाल शान्ति स्काउटका प्रमुख आयुक्त दयाराम कार्कीद्धारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७८ फागुन ११ बुधवार २१:०० मा प्रकाशित






























