back
CTIZAN AD

बलेफी हाइड्रोपावरको आइपिओ आवेदनको म्याद थप

वि.सं.२०७८ फागुन १२ बिहीवार

795 

shares

१२ फागुन, काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडले गत माघ २७ गतेदेखि आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दाले यही फागुन १९ गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन९आइपिओ०को बिक्री खुला गरेको थियो । तीमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र जुगल गाउँपालिकाको वडा २, ३ र ४ का बासिन्दाका लागि तथा आयोजनाको प्रसारण लाइनबाट प्रभावित क्षेत्र जुगल गाउँपालिका– ५ र ७, बलेफी गाउँपालिका १, ३, ६ र ७ र सुनकोसी गाउँपालिका–७ का बासिन्दाका लागि सात लाख ३१ हजार १८८ कित्ता शेयर खरिदका लागि दर्खास्त माग गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयले छिटोमा आज फागुन १२ सम्ममा आवेदन दिनुपर्ने थियो तर यो अवधिसम्म मागबमोजिम दर्खास्त प्राप्त नभएका कारण आवेदनको समय फागुन १९ सम्म थप गरिएको कम्पनीले जनाएको छ । जसअनुसार आयोजना क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि फागुन १९ सम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले हाल सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा पर्ने बलेफी खोलामा कुल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु सात अर्ब ६५ करोड हुने जनाएको छ ।

स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै कुमारी बैंकको जलविरे शाखा, एनसिसी बैंकको ढाँडे शाखा, ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट शेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ फागुन १२ बिहीवार १४:१३ मा प्रकाशित

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिईओ र डेपुटी...

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुनी वर्षाका कारण आउने बाढीका...

एससिटीले प्राप्त गर्यो आईएसओकाे अन्तर्राष्ट्रिय प्रमाणपत्र

एससिटीले प्राप्त गर्यो आईएसओकाे अन्तर्राष्ट्रिय प्रमाणपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक (Payment...

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)...