back
CTIZAN AD

प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच भेट, पुरानै अडान राखेर बाहिरीए ओली

वि.सं.२०७८ फागुन १२ बिहीवार

966 

shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार साँझ भएको भेटमा अध्यक्ष ओलीले पुरानै अडान राखेका छन् ।

एमालेका अध्यक्ष ओलीले जुन कारणले आफुहरु संसदमा प्रवेश गर्न नसक्ने अवस्था आएको हो पहिले त्यसको निराकरण गर्न आवस्यक रहेको कुरा प्रधानमन्त्री देउवा समक्ष दोहोर्याएको सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।

‘केपी शर्मा ओलीले पुरानै कुरा राख्नु भएको छ । उहाँले भन्नु भएको छ, हामीले जुन कारणले संसदमा प्रवेश गर्न सकेका छैनौं त्यो कारण तपाइलाई पनि थाहा छ,’ संचारकर्मीसँग मन्त्री कार्कीले भने, ‘त्यो कारणको निराकरण नभइकन हामीले संसदमा आएर हाम्रा विचार राख्नलाई कठिनाई छ ।’

आइतवार संसदमा टेवुल भएको अमेरिकी सहयोग परियोजना संसदबाट अनुमोदन गराउनका लागि सत्ता सहयात्रीबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीले एमसीसीका विषयमा सघाउन भन्दै एमालेसँग निरन्तर संवाद र सहकार्य जारी राखेको छ भने एमालेले भने माधवकुमार नेपालसहितका १४ सांसदको पद खारेज वा सभामुख अग्निप्रसाद सापकोटाको राजिनामाको माग गर्दै आएको छ ।

आजको भेटमा पनि एमाले अध्यक्ष ओलीले सोहि कुरा दोहोर्याउँदै बैठकबाट बाहिरीएको बताइएको छ ।

वि.सं.२०७८ फागुन १२ बिहीवार २२:१८ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...