back
CTIZAN AD

युक्रेनका नेपालीलाई यथास्थानमा सुरक्षित रहन नेपाली दूतावास जर्मनीको आग्रह

वि.सं.२०७८ फागुन १२ बिहीवार

918 

shares

काठमाडौं । नेपाली दूतावास जर्मनीले युक्रेन र रुसबीच विकसित पछिल्लो घटनाक्रमलाई मध्येनजर गर्दै युक्रेनमा रहेका नेपालीहरुलाई तत्कालका लागि यथास्थानमा सुरक्षीत रहन आग्रह गरेको छ ।

युक्रेनको हवाई क्षेत्र नागरिक/व्यवसायिक उडानका लागि अल्पकालीन रुपमा बन्द भएकाले हवाई मार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नभएकोल तत्काल यथास्थानमा सुरक्षित रहन अनुरोध गरेको छ ।

दूतावासले दुई देशवीचको पछिल्लो घटनाक्रमलाई ध्यानमा राखेर नेपाल सरकार, परराष्ट्र मन्त्रालयले फागुन ११ गते बुधवार यात्रा प्रतिबन्ध जारी गरेको समेत जानकारी दिएको छ ।

दूतावासले बिहीबार एक जरुरी सूचना जारी गर्दै संयमता अपनाइ हाल बसोबास गरिरहेको स्थानमा घरभित्रै सुरक्षित रहन, युक्रेन सरकार र सम्बन्धीत कलेज/युनिभर्सिटी/कम्पनीद्धारा जारी निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएसम्म सडक रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका बडी सुरक्षित स्थानमा जान, राहदानी परिचय पत्र, सवारी चालक अनुमति पत्र, बैंकको कार्ड लगायतका कागाजात आफ्नो साथमा राख्न समेत अनुरोध गरेको छ ।

Image

 

वि.सं.२०७८ फागुन १२ बिहीवार २१:५४ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...