back
CTIZAN AD

गठबन्धन जोगाउन अन्तिम पहल गर्ने माओवादीकाे निर्णय

वि.सं.२०७८ फागुन १३ शुक्रवार

855 

shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पाँच दलीय गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ । शुक्रबार बिहानदेखि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग निरन्तर संवादमा रहेको नेपाली कांग्रेससँग एक पटक निर्णायक छलफल गर्ने निर्णय गरेको छ । बैठकले सत्ता गठबन्धन नजोगिए सडक संघर्षमा जाने निर्णय पनि गरेको नेता हरिबोल गजुरेलले जानकारी दिए ।

“यथास्थितिमा पारित गर्न सकिँदैन, हामी विपक्षमा मत हाल्छौं”, बैठकका निर्णयबारे नेता हरिबोल गजुरेलले भनेका छन्, “तर जुन उद्देश्यले गठबन्धन बनेको हो, त्यो अझै परिपूर्ति भएको छैन । त्यसैले गठबन्धन जोगाउनुपर्छ कोसिस गरौं भन्ने भएको छ ।”

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको पछिल्लो संवादको बारेमा जानकारी गराएका थिए । बैठकमा बोल्ने अधिकांश नेताहरुले एमसीसीको विपक्षमा उभिनुपर्ने सुझाब दिएको नेता गजुरेलले बताए ।

सम्बन्धित समाचार

सरकार छाड्ने तयारीमा माओवादी केन्द्र, खुमलटारमा बिहानैदेखि छलफल

वि.सं.२०७८ फागुन १३ शुक्रवार १३:१६ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...