back
CTIZAN AD

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

वि.सं.२०७८ फागुन १३ शुक्रवार

702 

shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

प्रधानमन्त्री देउवा एमसीसीका विषयमा छलफल गर्नका लागि सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र कार्कीसहित विपक्षी नेता भेट्न बालकोट पुगेका हुन् ।

यसअघि बिहीबार भएको भेटमा प्रधानमन्त्री देउवाले संसदमा टेवुल भएको एमसीसी अनुमोदनका लागि सहयोग गर्न गरेको आग्रहमा सभामुख अग्नि सापकोटाको राजिनामा र माधव नेपालसहित १४ सांसदको कारबाहीको पुरानै अडान दोहोर्याएर ओली बालुवाटारबाट बाहिरीएका थिए ।

सोहि बैठकको निरन्तरता स्वरुप आजपनि ओली र देउवाबीच भेटवार्ता भएको बताइएको छ ।

प्रधानमन्त्री देउवाले बालकोट जानुअघि माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि वार्ता गरेका थिए । त्यसलगत्तै उनी बालकोट पुगेका हुन् ।

यसअघि प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी केन्द्रका नेताहरुको बैठकले एमसीसीको विपक्षमा मत हाल्ने पार्टीको निर्णय यथावत रहने निर्णय गरेको बताएको थियो ।

वि.सं.२०७८ फागुन १३ शुक्रवार १८:५४ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...