back
CTIZAN AD

कीभमा घुस्यो रुसी सेना, भीषण युद्ध जारी

वि.सं.२०७८ फागुन १३ शुक्रवार

864 

shares

काठमाडौं । रुसी सैनिकहरू युक्रेनको राजधानी कीभमा प्रवेश गर्ने सहरको उत्तरी भाग ओबोलोनमा पुगेका छन् । यो क्षेत्र संसद र शहरको केन्द्रीय क्षेत्रबाट मात्र नौ किलोमिटर टाढा छ।

बीबीसीले उल्लेख गरेअनुसार रुसको आक्रमणपछि युक्रेनले आफ्नो सम्पूर्ण शक्तिका साथ जवाफ दिने प्रयास गरिरहेको छ । त्यसैले, राजधानी कीभ वरपरका क्षेत्रहरूमा ठूलो लडाई भइरहेको छ।

सहरको बाहिरी भागमा रहेको एयरफिल्डमा युक्रेनी र रुसी सेनाबीच झडप जारी छ । यदि रुसी सेनाले यो एयरफिल्ड कब्जा गरेमा त्यहाँबाट राजधानी प्रवेश गर्ने बाटो पाउन सक्छ।

रुसी सेना राजधानी प्रवेश गरेसँगै यूक्रेनको पूर्वी, उत्तरी र दक्षिणी क्षेत्रमा ठूलो भिडन्त भएको खबर आएको छ । कीभमा धेरै विस्फोटहरू भएका छन् ।

युक्रेनी शहरहरूमा मिसाइलको वर्षा

युक्रेनले अहिलेसम्म लडाईँमा परि सर्वसाधारण र सैनिकसहित १३७ जनाको ज्यान गएको जनाएको छ । संयुक्त राष्ट्रसंघको अनुमानअनुसार हालसम्म एक लाख मानिस घरबार छोडेर भागेका छन् । बिहीबार राति मात्रै पोल्याण्डको दक्षिण(पूर्वी सहर प्रजेमिस्लमा एक हजार मानिस रेलबाट पुगेका थिए ।

अहिले युक्रेनी सहर र यसका सैन्य अखडाहरूमा लगातार हवाई आक्रमण भइरहेको छ। मिसाइल वर्षा भइरहेको छ। युक्रेनी सीमाका तीनै तर्फबाट ट्याङ्कहरू अगाडि बढिरहेका छन्।

यद्यपि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफू लडाइँ जारी राख्ने बताएका छन् ।

यसबीच, टेलिभिजनमार्फत लडाइँको घोषणा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि देशले यसमा हस्तक्षेप गरे इतिहासमा अहिलेसम्म नदेखेको नतिजा आउने बताएका छन् ।

वि.सं.२०७८ फागुन १३ शुक्रवार १७:२२ मा प्रकाशित

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)...