१.
हथौड़ा र मुर्ति
छिचोल्दै समयको परिधि
हथौड़ा हानिरहे पत्थरमा
सजीव हातले छोएपछि निर्जीवलाई
मुर्तिको स्वरुप बनेर आयो नजरमा
हथौड़ा समात्नुको उद्देश्य यत्ति थियो
अनुष्ठान गरिएको मुर्तिले
अब यहाँ बोल्नु पर्छ ।
२.
बहाना
हातमा बोकेर अर्चना
बहाना पूजाको गरे,
ती सबै शासक न हुन्
जो चतुर खेलाडी थिए
समयका कुण्ड कुण्डमा,
निरपेक्ष\संघीयता \
र,
एम सि सिका
चरु फालिरहे
होमको बहाना गरिगरी
चिरा पारेर देश,
समिधा बनाए
आखिर ती सबै,
पराइका एजेन्ट न हुन्
अन्ततः हवन गरेरै छोडे
आँगनमा धुँवा पुत्ताएरै छोडे ।
राधापाण्डे, गैडाकोट, नवलपुर
वि.सं.२०७८ फागुन १४ शनिवार ०९:०० मा प्रकाशित






























