back
CTIZAN AD

रुसले युक्रेनको सार्वभौमिकताको सम्मान गर्दै आक्रमण अन्त्य गरोस्–नारायणकाजी श्रेष्ठ

वि.सं.२०७८ फागुन १४ शनिवार

819 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले रसियाले युक्रेनको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र आत्मनिर्णयको सम्मान गर्दै आक्रमण अन्त्य गर्नुपर्ने माग गरेका छन् ।

युक्रेनमाथि रुसले गरेको आक्रमण र अतिक्रमणको भत्र्सना गर्दै नेता श्रेष्ठले रुसले तत्काल युक्रेनमाथिको आक्रमण अन्त्यगरी त्यहाँबाट फिर्ता हुन समेत माग गरेका छन् ।

सार्वभौमिक समानता र बिश्व शान्तिको पक्षमा उभिन सबैसँग अपील गर्दै नेता श्रेष्ठले भनेका छन्–‘युक्रेन घटनाबाट शिक्षाः कुनै पनि शक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थका लागि अर्को राष्ट्रलाई प्रयोग गर्न खोज्दा र त्यसलाई स्विकार गर्दा साना राष्ट्रको अस्तित्व नै गुम्ने खतरा उत्पन्न हुन सक्ने रहेछ ।’

नेता श्रेष्ठले यस प्रकरणमा आमेरिकाले युक्रेनको छिमेकी रुसकाबिरुद्ध युक्रेनलाई प्रयोग गर्न खोजेको र त्यो भूमिकाका निम्ति युक्रेन तयार हुँदा आजको यो आक्रमण, युद्ध र अस्तित्व बिसर्जनको दुःखद घटना उत्पन्न भएको ठहर गरेका छन् ।

‘नेपालले आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिदै यस घटनाबाट समेत शिक्षा लिन सक्नु पर्दछ ।’ सामाजिक संजालकमा नेता श्रेष्ठले लेखेका छन् ।

वि.सं.२०७८ फागुन १४ शनिवार १४:१६ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...