back
CTIZAN AD

दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने अध्यक्ष प्रचण्डको घोषणा

वि.सं.२०७८ फागुन १४ शनिवार

819 

shares

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा पार्टीकोतर्फबाट अक्षय कोष बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दलित मुक्तिमोर्चाले आयोजना गरेको जनयुद्धका प्रथम सहिद दीलबहादुर रम्तेलको स्मरणमा आयोजित कार्यक्रममा उनले पार्टीकोतर्फबाट केही रकम उपलब्ध गराई त्यस्तो कोष स्थापना गर्ने बताए ।

माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा २०५२ फागुन १४ गते गोरखामा दिलबहादुरको शहादत प्राप्त भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जनयुद्धको भूमिका महत्वपूर्ण रहेको बताए । जनयुद्ध र त्यसबाट स्थापित भएको मूल्य तथा मान्यतालाई उल्ट्याउने प्रवृत्ति, विचार देखिएको भन्दै उनले पछिल्लो पटक संविधान, गणतन्त्र, उत्पीडित जनताको अधिकार खोस्ने षड्यन्त्रलाई निष्काम बनाइए पनि त्यस्ता शक्ति अझै कायम रहेको उल्लेख गरे ।

गठबन्धन सरकारको साझा कार्यक्रम बनाएर उत्पीडित वर्ग तथा समुदायको अधिकार स्थापित गर्ने प्रयास गरिरहेका भए पनि पछिल्लो दिनमा जनताले प्राप्त गरेको अधिकार गुम्ने त होइन भन्ने आशङ्का पैदा भएको अध्यक्ष दाहालको भनाइ छ । “संविधान, गणतन्त्र, लोकतन्त्रको रक्षाका लागि गठबन्धन स्थापना भएको भएपनि एमसिसीका कारण गठबन्धन टुट्ने, फेरि प्रतिगमनकारी शक्ति हाबी हुने त होइन भन्ने स्थिति अहिले बनेको छ । त्यसलाई रोक्नुपर्ने अवस्था छ”, उनले भने, “संशोधनबिना एमसिसीलाई स्वीकार गर्न सकिँदैन भन्ने आफूहरुले धारणा रहेको छ ।”

अध्यक्ष दाहालले प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् वा देश र जनताका पक्षमा बनेको गठबन्धन नटुटोस् भन्ने ध्येयका साथ आफूहरु लागिपरेको बताए । एमसिसी सम्झौता पनि अगाडि बढोस् र गठबन्धन पनि नटुटोस् भन्ने ध्येयका साथ आफूहरु लागिपरेको जानकारी दिँदै उहाँले सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।

जनयुद्धमा दलित समुदायको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पार्दै उनले समावेशी र समानुपातिक अधिकार दिएर मात्रै नपुग्ने भएकाले राज्यले विशेषाधिकार दिनुपर्ने व्यवस्था गर्नुपर्नेमा आफूहरु स्पष्ट रहेको बताए । दलित समुदायलाई अधिकार सम्पन्न बनाउन विशेष अधिकारसहितको व्यवस्था गर्न राज्य लाग्नुपर्ने र एक स्थानबाट मात्रै पहल गरेर नपुग्ने भएकाले सबै क्षेत्रबाट पहल गर्नुपर्ने उनको भनाइ छ ।

सांस्कृतिक क्रान्तिबाट मात्रै दलित समुदायले खास अर्थमा मुक्ति पाउने भन्दै त्यसका लागि प्रतिबद्ध भएर लाग्न आग्रह गरे । विगतको क्रान्तिकारी स्पिरिटबाट कही न कही स्खलन देखिएकाले त्यसलाई सुधार गरेर जानुपर्ने आवश्यकता औँल्याए । अध्यक्ष दाहालले संविधानमा दलित समुदायका लागि महत्वपूर्ण अधिकार स्थापित गरिए पनि त्यसलाई कार्यान्वयन गर्नेतर्फ केही न केही शिथिलता देखिएको भन्दै सबै क्षेत्रबाट दबाब जरुरी रहेको बताए ।

वि.सं.२०७८ फागुन १४ शनिवार १४:२५ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...