back
CTIZAN AD

गाउँपालिकाले पालिकाभित्रका विद्यालयमा खस भाषामा पठनपाठन गर्ने निर्णय

वि.सं.२०७८ फागुन १८ बुधवार

726 

shares

खलङ्गा । जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका विद्यालयमा खस भाषामा पठनपाठन गर्ने भएको छ । गाउँपालिकाको नवौँ गाउँसभाले पालिकाभित्रका २२ विद्यालयमा कक्षा १ देखि ३ सम्म खस भाषाको पढाइ प्रारम्भ गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता नवीन शर्माले बताए ।

उनले भने, “खस भाषा यहाँको पहिचान हो । नेपाली भाषाको केन्द्रविन्दु मानिएको सिञ्जामा खस भाषाको पाठ्यक्रम बनाएर पढाइ प्रारम्भ हुनु सुखद पक्ष हो । अब यहाँको इतिहास बालबालिकाले खस भाषामै पढ्न पाउनेछन ।” यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन क्षेत्रको बयान पनि खस भाषामै गर्ने गाउँपालिका प्रवक्ता शर्माले बताए । खस भाषाको पाठ्यक्रम निर्माणले सिञ्जा क्षेत्रका स्थानीयवासी खुसी भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।

अब खस भाषाको पाठ्यक्रम निर्माणले खस भाषाको प्रवद्र्धन गर्ने विश्वास गाउँपालिकाले लिएको छ । नवौँ गाउँसभाले १५ शय्या अस्पताल निर्माणका लागि केन्द्र सरकारलाई आग्रह गर्ने, गाउँपालिकामा कार्यरत बालविकास केन्द्रका सहजकर्ताहरुको रोकिएको तलब निकासा गर्ने र तलब वृद्धि गर्ने निर्णयसमेत गरेको गाउँपालिका अध्यक्ष रावलले बताए ।

स्थानीय सरकार सञ्चालन भएदेखि न्यायिक समितिको माध्यमबाट गाउँमा हुने स–साना विवाद समाधान गर्न सफल भएको गाउँपालिकाका उपाध्यक्ष जन्मकन्य खत्रीले बताए । गरिबीको अन्त्य गर्न कृषि उत्पादनको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर युवावर्गलाई कृषिमा आकर्षित गर्न र कृषिलाई आधुनिकीकरण गर्दै सहुलियत ऋणको व्यवस्था गर्ने नीति लिएर कार्यान्वयन भइसकेको गाउँपालिकाले जनाएको छ ।

 

वि.सं.२०७८ फागुन १८ बुधवार १४:०६ मा प्रकाशित

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका...