back
CTIZAN AD

रुस–यूक्रेन युद्धको सातौं दिन : रुसी सेनाले कब्जा गर्‍यो खेर्सोन सहर

वि.सं.२०७८ फागुन १८ बुधवार

810 

shares

काठमाडौं । रुसले यूक्रेनको महत्वपूर्णं खेर्सोन सहर कब्जा गरेको छ । मंगलबार मध्यराति रुसी सेनाले यूक्रेनी सेनालाई विस्थापित गर्दै खेर्सोन कब्जा गरेको हो ।

सञ्चारमाध्यमका अनुसार रुसले अहिलेसम्म कब्जामा लिएको मध्ये खेर्सोन सबैभन्दा ठूलो सहर हो । सहर कब्जा लिएसँगै अहिले सडकहरूमा रुसी सैनिकहरू मात्रै देखिएको बीबीसीले जनाएको छ ।

खेर्सोनका नगरप्रमुखले पनि रुसी सेनाले सहरको रेल स्टेशन र बन्दरगाह आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।

सञ्चार माध्यमका अनुसार खेर्सोन सहर कब्जा गरे लगत्तै रुसी सेनाले त्यहिँबाटै कीभमाथि मिसाइल आक्रमण गरेको थियो । यहुदीहरूको नरसंहारको सम्झनामा निर्माण गरिएको बेबिन यार होलोकास्ट मेमोरियल सेन्टरमा पनि रुसले हवाई आक्रमण गरेको बताइएको छ ।

रुसलाई एक्ल्याउँदै विश्व

यूक्रेनमाथि रुसले शुरु गरेको युद्धप्रति चौतर्फी विरोध तथा आलोचना भइरहेको छ । विशेषत अमेरिकी पक्षधर मुलुकहरुले रुसलाई असहयोगको नीति अख्तियार गरेका छन् ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मंगलबार राष्ट्रसंघ मानवअधिकार परिषद्मा बोल्न थालेपछि करिब १०० कूटनीतिज्ञ बाहिरिएका थिए । कूटनीतिज्ञ बाहिरिएसँगै लाभरोभको सम्बोधन अर्थहिन बनेको थियो ।

सम्बन्धित समाचार

बंकरबाटै युक्रेनी राष्ट्रपतिको अन्तर्वार्ताः बाइडेनले अब ठूलो निर्णय लिनुपर्छ

वि.सं.२०७८ फागुन १८ बुधवार १४:२५ मा प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका...

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...