back
CTIZAN AD

देशलाई अप्ठेरो परेका बेला रुसविरुद्ध लड्न भन्दै युकेबाट फर्किए युक्रेनी

वि.सं.२०७८ फागुन १८ बुधवार

732 

shares

काठमाडौं । रुस–युक्रेन द्धन्द्ध चर्किएको आज आठौंदिन । रुसले आकास र जमिन भएर युक्रेनका महत्वपूर्ण सहरहरु आफ्नो कब्जामा पारिसकेको छ । युद्धका कारण मंगलबार मध्यराति युक्रेनको सबैभन्दा ठूलो सहर खेर्सोन कब्जा गरेको समाचार सार्वजनिक भएको छ ।
सञ्चारमाध्यमका अनुसार रुसले अहिलेसम्म कब्जामा लिएको मध्ये खेर्सोन सबैभन्दा ठूलो सहर हो । सहर कब्जा लिएसँगै अहिले सडकहरूमा रुसी सैनिकहरू मात्रै देखिएको बीबीसीले जनाएको छ ।
यतिबेला युक्रेन रसिया युद्धमा मानवियता भन्दा पनि स्वाभिमान ठूलो बनेर आएको छ । देशका सयौं नागरिकले युद्धमा ज्यान गुमाइसक्दा पनि त्यहाँका राष्ट्रपति भ्लोदोमिर जेलनेस्कीले युक्रेन कुनै हालतमा पनि रुससँगै लडेरै छाड्ने घोषणा गरेका छन् । ४४ वर्षीय राष्ट्रपति जेलेनेस्की यतिबेला बंकरभित्र बसेर रुसविरुद्ध लडिरहेको समाचारहरु सार्वजनिक भएका छन् ।

युक्रेनले आफ्ना देशका १८ देखि ६० वर्ष उमेरका नागरिकलाई देश नछाड्न आग्रह गरेको छ भने देशका लागि लड्न भन्दै प्रत्येकको हातमा हतियार थमाइदिएको छ । धेरै नागरिकहरु यतिबेला युक्रेनी सेनामा भर्ना भइरहेका छन् । हालसम्म १० लाख बढी युक्रेनीले देश छाडेको बताइए पनि अधिकांशले देशलाई अप्ठेरो परेको बेलामा बरु मर्न तयार छौं भन्दै रसियन सेनासँगको लडाइमा उत्रिएका छन् ।

युक्रेनलाई विभिन्न देशले सहानुभुति जनाइरहेको र आवस्यक पर्ने सहयोग उपलब्ध गराउने समेत बताइरहेका छन् । नेपालको नजिकैको छिमेकी भारतले भने त्यहाका जनताका लागि औषधि लगायतका राहत सामग्री पठाउने बताएको छ भने चीन भने रुस न युक्रेन तटस्थ बसिरहेको छ । साथै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसलाइ आर्थिक सहयोग पठाउने घोषणा गरिसकेका छन् ।

देशभक्तिमा भावुक बने युक्रेनी
रुसले युद्धमार्फत् युक्रेनी जनताको बाँच्न पाउने अधिकार हनन गरेको भन्दै धेरै देशमा रुसको विरोध भइरहेको छ । फ्रान्सको एक म्युजियममा रहेको रसियन राष्ट्रपति भ्लादिमीर पुटिनको स्टाचु हटाइएको छ ।

त्यस्तै युरोप अमेरिका, युके लगायतमा रहेका युक्रेनी नागरिक यतिबेला आफ्नो देशलाई सहयोग गर्न भन्दै ति देशबाट हजारौं माइल यात्रा गरेर युक्रेन फर्किदै छन् ।

बिबिसीका अनुसार युकेमा रहेका युक्रेनी नागरिकहरु यतिबेला रुसविरुद्ध युद्धमा सहभागी हुन स्वदेश फर्किने तयारीमा छन् । उनीहरु त्यसका लागि सैन्य उपकरण लगायतका समग्रीहरु जुटाएर देश फर्किन लागेका हुन् । उनीहरु २००० किलोमिटर लामो बाटो दूरी पार गरेर देश फर्किने तयारीमा छन् ।

बिबिसीका अनुसार उनीहरुले खाद्य सामग्री, फ्लाक ज्याकेट, हेल्मेट र औषधि उपचारका लागि आवस्यक सामग्री खरिद गरेको बताइएको छ ।

रसियाविरुद्ध यतिबेला युक्रेनका खेलाडी, गायक गायिका, मोडल, व्यवसायी लगायत हतियारसहित लडाइको मैदानमा उत्रिएका छन् ।

वि.सं.२०७८ फागुन १८ बुधवार १४:५६ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...