back
CTIZAN AD

अत्याधुनिक हतियारसहित तीन पक्राउ

वि.सं.२०७८ फागुन १८ बुधवार

804 

shares

राँझा । बाँके प्रहरीले डुडुवा गाउँपालिकाबाट अत्याधुनिक हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । अटोमेटिक पेस्तोल, नौ राउण्ड गोली र खुँडासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार पक्राउपर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी दीपेन्द्र अधिकारी, वडा नं १८ निवासी सुशान्त केसी र कैलालीका द्वारिका उपाध्यायलाई मेड इन यूएसए लेखेको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने नौ राउण्ड गोली र खुँडासहित डुडुवाबाट नियन्त्रणमा लिइएको हो ।

डुडुवास्थित राप्ती पुल नजिक गोली चलेको आवाज आएपछि इलाका प्रहरी कार्यालय वनकट्टी (क)बाट गएको प्रहरी टोलीले सुशान्त केसीले चलाएको बागमती प्रदेश ०१–०२५ च ३०९७ नं को गाडी रोकेर जाँच गर्दा पेस्तोल, गोली र खुँडा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको उपरीक्षक न्यौपानेले जानकारी दिए ।

 

वि.सं.२०७८ फागुन १८ बुधवार १६:०४ मा प्रकाशित

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...