back
CTIZAN AD

न्यूक्लियर प्लान्ट गुमाएसँगै बाइडेन र जोनसोनलाई जेलेन्स्कीको फोन– रुसविरुद्व ‘बोल्ड’ कदम चाल्न माग

वि.सं.२०७८ फागुन २० शुक्रवार

777 

shares

काठमाडौं । रुसी सेनाले युद्धको नौ दिनमा युरोपको सबैभन्दा ठूलो जापोरिजिया आणविक प्लान्टलाई कब्जामा लिएको छ । समाचार संस्था रोयर्टसका अनुसार शुक्रबार रुसी सेनाले उक्त प्लान्टलाई कब्जामा लिएको हो । रुसी सेनाले सुरुमा उक्त क्षेत्रमा मिसाइल आक्रमण गरेको थियो ।

रुसी सेनाले यूक्रेनको मात्रै नभई पुरै यूरोपको ठूलो आणविक केन्द्र कब्जामा लिएसँगै विश्वभर हलचल मच्चिएको छ । यूक्रेनका राष्ट्रपति जेलेन्सीले तत्कालै ‘बोल्ड’ कदम चाल्न अमेरिका र बेलायतलाई अपिल गरेका छन् । रुसी सेनाले आणविक केन्द्र कब्जामा लिए लगत्तै जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई फोन गरेका थिए ।

तत्काल आक्रमण बन्द गर्न अमेरिका र बेलायतको चेतावनी

अमेरिका र बेलायतले तत्कालै युद्ध रोक्न रुसलाई चेतावनीपूर्णं आग्रह गरेका छन् । दुवै देशले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउने पनि तयारी गरेका छन् । बेलायती प्रधानमन्त्रीको कार्यालयका अनुसार रुसले तुरुन्त आक्रमण बन्द नगरेमा गम्भीर कदम उठाउन दुवै देश बाध्य हुने सूचना रुसलाई पठाइएको छ ।

दुवै देशले सुरक्षा परिषद्को आकस्मिक बैठक पछि निर्णायक निर्णय लिने बताएका छन् ।

आणविक उर्जा एजेन्सीद्धारा खतराको चेतावनी

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले जापोरिजिया आणविक प्लान्टमाथि आक्रमण र कब्जाको विषयले खतराको अवस्था निम्तिएको चेतावनी दिएको छ । रुसी सेनाले आणविक प्लान्टमाथि आक्रमण गर्दै कब्जामा लिए लगत्तै आणविक उर्जा एजेन्सीले एक ट्वीट गर्दै उक्त क्षेत्रमा तत्कालै गोलाबारी रोक्न भनेको छ ।

एजेन्सीका महानिर्देशक राफेल मारियानो ग्रोसीले युक्रेनका प्रधानमन्त्री डेनिस स्माइगल र युक्रेनी आणविक नियामक र अपरेटरसँग कुरा गरेका छन् । उनले दुवै पक्षका सेनालाई उक्त क्षेत्रमा लडाईँ रोक्न भनेका छन् । उर्जा केन्द्रले उक्त आणविक प्लान्ट विस्फोट भएमा यूरोप नै खतरामा पर्न सक्ने चिन्ता व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

रुसले कब्जा गर्‍यो यूक्रेनको सबैभन्दा ठूलो न्यूक्लियर प्लान्ट

वि.सं.२०७८ फागुन २० शुक्रवार १४:५५ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...