back
CTIZAN AD

लुटपाटमा संलग्न आठजना पक्राउ

वि.सं.२०७८ फागुन २० शुक्रवार

711 

shares

काठमाडौँ । नेपाल प्रहरीले लुटपाटमा संलग्न आठजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले फागुन १२ गते साँझ काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट गर्ने आठजनालाई आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुम्लाका २६ वर्षीय देवीप्रसाद धिताल, धादिङका ३० वर्षीय शङ्कर रेग्मी, डडेल्धुराका २८ वर्षीय हिक्मत महता, कञ्चनपुरका २७ वर्षीय सुवास रतोकी, कञ्चनपुरकै ३४ वर्षीय मिलन बोहरा, पाँचथरका ३२ वर्षीय भविन्द्र बेगा, दैलेखका २७ वर्षीय योगेन्द्रबहादुर चन्द र प्युठानका २१ वर्षीय कमल सुनार छन् ।

पक्राउ परेका उनीहरुले पसल सञ्चालकलाई नियन्त्रणमा लिएर पसलको काउण्टरमा भएको नगद, सामसुङ मोबाइल, घडीलगायतका सामग्री लुटेर फरार भएका थिए । पक्राउ परेकासँग प्रहरीले ११ थान मोबाइल, एक घडी, नागरिकता प्रमाणपत्र, पाँच एटिएम र दुई चेक बरामद गरेको महाशाखाले जनाएको छ ।

 

वि.सं.२०७८ फागुन २० शुक्रवार १४:५५ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा आर्थिक...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...