back
CTIZAN AD

एमसीसीको बचाउ गर्दै प्रचण्डले भने : गठबन्धन चुनावसम्मै जाने निश्चित भयो

वि.सं.२०७८ फागुन २० शुक्रवार

903 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन आगामी चुनावसम्म नै जाने निश्चित भएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले एमसीसी पारितसँगै गठबन्धनभित्र देखिएको अन्योलता पनि अन्त्य भएको बताए ।

मुलुकको राजनीतिकले सही बाटो समातेको पनि प्रचण्डको दाबी छ । “गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने महसुश गरिएको थियो”, बैठकमा प्रचण्डले भनेको उद्र्धत गर्दै एक नेताले भनेका छन्, “अबचाहिँ गठबन्धन पनि निर्वाचनसम्म सुरक्षित रहने करिब निश्चित भयो । यसले राजनीतिलाई गलत दिशामा जाने अवस्थाबाट जोगायो ।”

उनले गठबन्धन जोगाउनुपर्ने पर्ने, एमसीसी पनि अनुमोदन गर्नुपर्ने बाध्यता रहेकाले व्याख्यात्मक घोषणासहित अनुमोदन गरिएको बताएका छन् । उनले यो बाध्यता बुझिदिन केन्द्रीय कमिटीलाई आग्रह गरेका छन् ।

प्रचण्डले व्याख्यात्मक घोषणाले एमसीसीमाथि रहेका आशंकाहरु मेटेको समेत दाबी गरेका छन् । प्रचण्डले केन्द्रीय समिति बैठकमा एमसीसी स्वीकार गर्ने प्रस्ताव राखेका छन् । उक्त प्रस्तावमाथि नेताहरुले बोल्ने क्रम केही समयपछि सुरु हुने एक केन्द्रीय सदस्यले बताए ।

सम्बन्धित समाचार

दुई घण्टा ढिला गरी सुरु भयो माओवादी बैठक, एमसीसीले पूर्वनिर्धारित एजेण्डा प्रभावित

वि.सं.२०७८ फागुन २० शुक्रवार १५:४५ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...