back
CTIZAN AD

माओवादी बैठकमा महरासहित चार नेताले प्रस्तुत गरे एमसीसीको विरोधमा लिखित असहमति

वि.सं.२०७८ फागुन २० शुक्रवार

816 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा पार्टी प्रवक्ता कृष्णबहादुर महरासहित चार नेताले एमसीसीको विषयमा लिखित असहमति प्रस्तुत गरेका छन् । प्रवक्ता महरासहित नेताहरु देव गुरुङ्ग, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले लिखित असहमति जनाएका हुन् । नेताहरु एमसीसी राष्ट्रघाती भएको बताएका छन् ।

बैठकमा राखिएको लिखित अहसमतिबारे बोल्दै नेता देव गुरुङले भने, “एमसीसी रिजेक्ट हुनु पर्ने हो। यो राष्ट्रघाती सम्झौता नै हो। तर, व्याख्यात्मक घोषणा भन्दै गलत रुपमा पारित गरियो ।”

उनले व्याख्यात्मक घोषणाको कानूनी अर्थ नरहेको बताए । नेताहरुले आफ्नो मत दर्ज गर्ने तर, पार्टीको निर्णय भने स्वीकार गरेर जाने बताएका छन् ।

बैठकमा नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित गरिनु गलत भएको भन्दै विरोध जनाएका थिए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीप्रति पनि विमती जनाए ।

वि.सं.२०७८ फागुन २० शुक्रवार १८:०९ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...