back
CTIZAN AD

लघुकथाः पदक

वि.सं.२०७८ फागुन २१ शनिवार

660 

shares

बाबुराम न्यौपाने “उत्स“, दमक,झापा

राष्ट्रप्रमुख सरकारप्रमुख संवैधानिक निकायका पदाधिकारी लगायत गन्नेमान्य व्यक्ति पदक वितरण समारोहमा उपस्थित थिए ।

उता पदकहरुबीच भने तर्कवितर्क चलिरहेको थियो ।

स्वर्ण पदकले रजत र कास्यपदक सामुन्ने गएर फुर्ति लगायो ।

“हेर केटा हो !! केहीबेरमै मेरो शाननै बेग्लै हुनेछ । म भीभीआइपीको सुकिलो गलामा पीङखेल्न पुग्नेछु । विजेताले गमक्क परेर मलाई मायालु स्पर्श गर्नेछन् । रसिला ओठले चुम्नेछन् । आहा !! म त कति भाग्यमानी । तिमीहरूले मलाई सलोट गर्नुपर्ने छ ।’
कास्यपदकले ओठ लेप्र्याउदै व्यङ्ग्य गर्यो।

‘तिम्रो चुरीफुरीले भरे पानी पिउने छ पर्ख न । जति ठूलो पद उति बढी …जति ठूलो पदक उति बढी …। मलाई त कसैको गनाउने दोषी पसिनामा नुहाउने रहर छैन । पदक पाउँनुपर्ने हकवालाको घाँटीको शोभा बन्न पाइन्छ कि पाइदैन चिन्ता त्यहाँछ ।’ रजत पदक भने मौनबस्यो ।

भव्य समारोहबीच पदक वितरण कार्यक्रम सम्पन्न भयो ।

घाँटीमा झुण्डिएका पदकहरुलाई छट्पटी हुन थाल्यो । पदक विजेताको गनाउने शरीर र सासबाट वाकवाकी लाग्लाजस्तो दुर्गन्धको हरक आइरहेको थियो ।

‘ल विदा हौं साथी हो । अब हाम्रो आकल झुकलमात्र देखादेख होला । तर हामीले कुन पापको सजाए पायौं हँ । यो सम्मान कि पदकको नाममा हाम्रो अपमान।बुझ्न गाह्रो भो ? ‘रजत पदकले हिंड्ने बेलामा साथीहरूलाई गुनासो सुनायो । हात हल्लाउँदै निन्याउरो मुखलाएर सबै छुट्टिए ।

स्वर्णपदकले कास्यपदकले भनेको कुरा झलझली सम्झ्यो । ‘जति ठूलो पद उति बढी दुर्गन्ध …स्पर्शको यस्तो खपिनसक्नुको दुर्गन्ध मैले कसरी सहनु।मत मर्नेभएँ ?’

केहीबेरमा विजेताले घरमा पुगेर घाँटीको पदक टेबुलमा राख्यो बल्ल स्वर्णपदकले रोकिन लागेको सास राम्ररी फेर्यो ।

उसले मनमनै भन्यो !!

‘हे ईश्वर !! यस्तो दुर्दशा कहिलेसम्म भोग्नुपर्ने हो । यति गाह्रो त आगोमा तताएर घनले पिट्दापनि भएको थिएन । सुकिला कपडामा छोपिएका यी तरोताजा देखिने ठूलामान्छेहरु यस्तो दुर्गन्धित भएर भित्रभित्रै कसरी कुहुदा रहेछन् हँ ?

 

 

वि.सं.२०७८ फागुन २१ शनिवार ०७:४३ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...