कलानिधि दाहाल, काठमाडौं
निकै लामो
लामको प्रतिस्पर्धामा
अनेकौँ चाहनाका
प्रतियोगी उछिन्दै
प्रथम स्थान प्राप्त गरेर
कोयलीको
मधुर गुञ्जनझैँ
भोका पेटसामु
छड्कँदै गरेको
भातको माँडजस्तै
नाङ्गा आङ्को
नजिक आइपुगेको
न्यानो वस्त्रजस्तै
शीत चुहेका शिरमा
देखा परेको
सुन्दर छानोजस्तै
आशाको बत्ती बलेर
आएको एम्सिसी !
बिच बाटामा
अजिङ्गरले
डस्न खोजेझैँ
विशालु सापले
विष छर्न खोजेझैँ
लोखर्केले
कतै पातले छोपेझैँ
या बाघले
सिकार लुकाएझैँ
वा भयानक ढाँडभित्र
जलआवाज कुल्कुलाएझैँ
मात्र
कर्णद्वारमा
गुञ्जिरहेको एम्सिसी !
नजिकिदै दवावका स्वरहरू
पश्चिमबाट कुर्लिएपछि
एकाएक
बौलायो उत्तर
ढेरपटेर दवावका नाद उछालेर
जुलुसका घण्टी बजायो
सडक सडकमा
गाउँ
गल्लीसम्म उफालेर
कथित साम्य पाइतालाहरू
ढुङ्गा थुपनरेर
छिर्के चउरमा
बिर्खे छद्मभेषहरू उफ्रिए
छेकबारका बार उचालेर
भेडाहरूका जुलुस
एकपछि अर्को निस्किए
सुरक्षाका बार भत्काएर
फोहोरा छाड्न विवश
– सुरक्षाकर्मीहरू
अश्रुग्याँस पड्काउन विवश
– पुलसकर्मीहरू
रबरगोली पड्काउन विवश
– कमाण्डोटोलीको सतर्कता
कुच्याएर
– अजिङ्गरका टाउकाहरू
थुतेर
– सर्पका जिब्राहरू
खोलेर सर्वत्र
सान सजाउन तत्पर
– तगाराहरू
आज एउटा
उपहार प्राप्त भएको छ
सर्वत्र
– नेताका नाममा
– विद्यार्थीका नाममा
– वकिलका नाममा
– न्यायाधीशका नाममा
बाम जमातको
बादल मडारायो फेरि
सुरक्षाका बार भत्काएर
फोहोरा छाड्न विवश
– सुरक्षाकर्मीहरू
अश्रुग्याँस पड्काउन विवश
– पुलसकर्मीहरू
रबरगोली पड्काउन विवश
– कमाण्डोटोलीको सतर्कता
कुच्याएर
– अजिङ्गरका टाउकाहरू
थुतेर
– सर्पका जिब्राहरू
खोलेर सर्वत्र
सान सजाउन तत्पर
– तगाराहरू
आज एउटा
उपहार प्राप्त भएको छ
– गड्गडाहट तालीमा
– मौन स्वीकृतिमा
उत्साहका वर्षादी ओढेर
– सर्पहरू पन्साउँदै
– गोमनहरू तर्साउँदै
– अन्धराष्ट्रवाद झस्काउँदै
स्वार्थका
सम्पूर्ण खोला थुनेर
उज्यालो प्रमिथस
मुस्कुराएको छ
कोशेली खोलेर
– एमसीसीको
उपहार फिँजाएको छ
– एमसीसीको
कालो बादल हटाएर
घुम्टो भर्खर
उघारेको छ
– एमसीसीको !!
वि.सं.२०७८ फागुन २१ शनिवार ०७:४० मा प्रकाशित





























