सुरेशकुमार पान्डे, दाङ
जनताको अबस्था सरकारलाई खबर हुँदैन,
देशभक्त र इमानदार जनताको कदर हुँदैन ।
यस्तो गैर जिम्मेदार सरकारछ हाम्रो देशमा,
कुनदिन दुश्मनलाई देश बुझाउँछ भर हुँदैन ।
दलालीगर्दै बिदेशको, आफ्नै सन्तान मरायो,
हाम्रो पसिनाले पोल्यो तर कसैको डर हुँदैन ।
आफ्नो देशको मायाँ हुन्छ जनताको मुटुमा,
तरपनि शुरक्षित देशको खोला र बगर हुँदैन ।
भ्रष्टचार बढ्छ र महंगी बढ्छ दिनौदिन यँहा,
यो सरकारलाई बिकासगर्ने कत्ती रहर हुँदैन ।
जनतालाई पनि लुटेकैछ राजस्वको नाउमा ।
बिनादस्तुर जनताको कामगर्ने कुनै कर हुँदैन ।
उसैलाई लुट्न कम्मर कस्छन कर्मचारीहरूले,
जस्को आफ्नो मन्त्रीछैन, सम्पत्ती र घर हुँदैन ।
वि.सं.२०७८ फागुन २१ शनिवार ०७:३६ मा प्रकाशित





























